Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • गिलगित बाल्टिस्तानका जनता भन्छन् – भारत सरकारको हामी आभारी छौँ

    गिलगित बाल्टिस्तानका जनता भन्छन् – भारत सरकारको हामी आभारी छौँ

    अनलाइन नेपाल
  • शनिबार, २४ फाल्गुन २०७६
  • 3.4K
    SHARES

    काठमाडाैँ – गत वर्ष भारत सरकारले खारेज गरेकाे धारा ३७० लाइ गिलगित बाल्टिस्तानका जनताले स्वागत गर्नुका साथै भारत सरकारलाइ धन्यावाद दिएका छन्। हालै एक अन्तरवार्तामा गिलगित बाल्टिस्तान सामाजिक कार्यकर्ता सेंज सेरिंगले जम्मू कश्मीरबाट धारा ३७० हटाउने भारतकाे निर्णयलाइ सही भएकाे बताएका छन्।

    ‘जम्मू-कश्मीरमा धारा ३७० केही मानिसहरूकाे लागि एउटा यस्ताे उपकरण बन्याे, जसले मानिसहरूलाइ जातीय र धार्मिक समूहहरूमाथि वीटाे पावर दिनु थियाे।,’उनले भने, ‘जसलाइ यसबाट फाइदा मिल्याे उनीहरू पाकिस्तानका सेनाकाे सहयोगी बने, यस्ता मानिसहरू जम्मू-कश्मीरमा पाकिस्तानकाे रणनीतिक हितलाइ जाेड दिइरहेका थिए।’ उनले गिलगित बाल्टिस्तान भारत का हिस्सा भएकाे बताए।



    उनले साेही अन्तरवार्तामा भने,’ की म र गिलगित बाल्टिस्तानका जनता भारत सरकार तथा भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीकाे आभारी छाैँ, की उहाँले यस्ताे जम्मू कश्मीरबाट धारा ३७० हटाउने निर्णय गरे, याे ७० वर्ष पहिल्यै हुनु पर्ने थियाे, तत्कालीन भारतीय प्रधानमन्त्री नेहरूले जब यस्ताे धारा ल्याएका थिए, भारतकाे संविधानकाे धारा बनाइयाे, तब उहाँले भनेका थिए की याे अस्थायी हाे, याे खारेज हुन्छ, तर समयकाे सँग सँगै उहाँले राजनीतिक प्रेसरकाे कारणले गर्न सकेनन्, जुन भारतीय प्रधानमन्त्री माेदीले याे राम्राे कदम उठाएका छन्, याे कदम गिलगित बाल्टिस्तानकाे लागि स्वभाग्य याेग्य रहेकाे छ।, त्याे याे हाे की हामी सधै भन्दै आइरहेका थियाैँ की जुन जम्मू कश्मीरका जनता छन्। उनीहरूसँग हाम्राे सम्बन्ध छैन।, हाम्राे आफ्नाे पहिचान छ, लदाकसँग। भारत सरकारले धारा ३७० लाइ खारेज गरेर लदाकलाइ एक अलग राज्यकाे दर्जा दिनु धेरै राम्राे कुरा हाे।’



    उनले अब गिलगित बाल्टिस्तानका जनता कानूनी तवरले लदाकका हिस्सा बनेकाे बताए। उनले भारत सरकारकाे यस्ताे कदमले हाम्राे छुट्टै पहिचान भएकाे बताए। उनले भने,’भारत सरकारले धारा ३७० खारेज गरेकाे बेला भारतीय प्रधानमन्त्री माेदीमाथि विभिन्न अन्तराष्टिय दवाब आए पनि उहाँ पछाडि नहटेकाेले उहाँलाइ गिलगित बाल्टिस्तानले सलुट र आभार ब्यक्त गर्छन्।’

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार