Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • अन्तत: विद्यार्थीको हात चिर्न लगाउने शिक्षिका पक्राउ

    अन्तत: विद्यार्थीको हात चिर्न लगाउने शिक्षिका पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, २४ फाल्गुन २०७६
  • 3.4K
    SHARES

    काठमाडौं । परीक्षामा कम नम्बर ल्याएको भन्दै विद्यार्थीलाई आफ्नै हात ब्लेडले चिर्न लगाएर सजाय दिने काठमाडौको जडिबुटी स्थित जागृति एकेडेमीकी शिक्षिकालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । शिक्षिका सीतालक्ष्मी कर्माचार्यलाई प्रहरीले पक्राउ गरेको हाे ।

    कम अंक ल्याउने ३४ जना विद्यार्थीलाई ब्लेडले हात चिर्न लगाएको समाचार शनिबार नयाँ पत्रिका दैनिकमा प्रकाशित भएको थियो । महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले विद्यार्थीमाथि अत्याचार गर्ने शिक्षिकालाई पक्राउ गरिएको बताए ।



    एकेडेमीमा पढ्ने ६ र ७ कक्षाका विद्यार्थीलाई कर्माचार्यले परीक्षामा राम्रो अंक ल्याउन नसकेको भन्दै हात चिर्न लगाएकी थिइन् । कर्माचार्यलाई जडिबुटीबाट पक्राउ गरिएको बोगटीले जानकारी दिए । २० पूर्णाङ्क मध्ये १५ अंक भन्दा कम ल्याउने विद्यार्थीलाई शिक्षिकाले हात काट्न लगाएकी हुन् ।



    विद्यालयका प्रधानाध्यापक राजनकुमार श्रेष्ठले यस्तो गर्ने शिक्षिकालाई शुक्रबार नै बर्खास्त गरिएको र घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए। यस्तै घटनाबारे छलफल गर्न विद्यालय कार्यसमितिको बैठक शनिबार बसिरहेको प्रधानाध्यापक श्रेष्ठले बताए ।

    प्रहरीले कर्माचार्यविरुद्ध जाहेरी दिन आह्वान गरेको छ । जाहेरी नपरे पनि उनीमाथि कारबाही अघि बढाउने बोगटीले बताए । कर्माचार्यले विद्यार्थीको हात चिर्न लगाएको समाचार सार्वजनि भएपछि उनलाई विद्यालयले निस्कासन गरेको जनाएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार