Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • इटालीमा डेढ कराेड बढी जनतालाई क्वारेन्टाइनमा राख्ने, नमान्नेलाई जेल सजाय!

    इटालीमा डेढ कराेड बढी जनतालाई क्वारेन्टाइनमा राख्ने, नमान्नेलाई जेल सजाय!

    अनलाइन नेपाल
  • आइतबार, २५ फाल्गुन २०७६
  • 1.9K
    SHARES

    काठमाडौं । इटालीले लोम्बार्डीका आफ्ना १ करोड ६० लाख जनता र उत्तर तथा पूर्वका ११ अन्य प्रान्तलाई ‘लकडाउ’ गर्ने तयारीमा छ । अप्रिल महिनाको पहिलो सातासम्म सबैजना अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्नेछ ।

    युरोपभरी इटालीमा सबैभन्दा धेरै कोरोना भाइरसको संक्रमण देखिएको हो । इटालीको मिलान र भेनिसमा समेत लागू गरिएको यो उपाय आइतबारबाट सुरु भएर अप्रिल ३ सम्म लागू हुनेछ ।



    इटालीमा मृतकको संख्या २ सय ३० पुगिसकेको छ । पछिल्लो २४ घण्टामा ५० जना बढीको मृत्यु भइसकेको छ । शुक्रबार संक्रमितको संख्या १२ सय थियो जुन शनिबारसम्ममा ५ हजार ८ सय ८३ पुगेको छ ।



    इटालीको सरकारी मिडिया क्योरियर डेला सेराले सरकारी आदेशको उक्त मस्यौदा प्रकाशित गरेको हो । १ करोड जनसंख्या भएको इटालीको लोम्बार्डी र मिलान आपतकालीन अवस्थाबाहेक बन्द रहनेछन् । साथै भेनिस, पार्मा र मोडेनालगायतका ११ प्रान्तका जनता गरी जम्माजम्मी १ करोड ६० करोड जनता प्रभावित हुने बीबीसीले जनाएको छ ।

    उत्तरी इटालीका लगभग ५० हजार जनता क्यारेन्टाइनका कारण प्रभावित भएका छन् । क्वारेन्टाइन नमान्नहेरुलाई तीन महिनाको जेल सजाय पनि हुनसक्छ । इटलीमा कोरोनाभाइरसको संक्रमण एकाएक बढ्न थालेपछि यहाँका जिम, पुल, म्युजियम र स्की रिसोर्ट बन्द हुँदैछन् । एजेन्सी

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार