Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • चीनमा ५ तले क्वारेन्टाइन भत्किँदा ४ जनाको मृत्यु, २९ वेपत्ता

    चीनमा ५ तले क्वारेन्टाइन भत्किँदा ४ जनाको मृत्यु, २९ वेपत्ता

    अनलाइन नेपाल
  • आइतबार, २५ फाल्गुन २०७६
  • 2.1K
    SHARES

    काठमाडौं । चीनको पूर्वी प्रान्त फूज्यानको चिनझोऊ शहरमा शनिबार एक होटल भत्किएको छ । कोरोना भाइरस फैलिएपछि उक्त होटललाई अस्थायी सेन्टरको रुपमा प्रयोग गरिँदै आएको थियो । यहाँ संक्रमणका संदिग्ध बिरामीलाई उपचारका लागि राखिएको थियो ।

    कोरोनाको लक्षण देखिएका मानिसहरुलाई राख्न क्वारेन्टाइन गरिएको उक्त होटल भत्किँदा चार जनाको मृत्यु भएको छ। हाल २९ जना अझै वेपत्ता छन्। अधिकारीहरुका पुरिएका उनीहरुको हाल खोजी कार्य जारी छ। आपतकालीन व्यवस्थापन मन्त्रालयकाअनुसार सुरुमा होटल भत्कँदा ७१ जना पुरिएका थिए। ३८ जनाको सकुशल उद्धार भएको छ।



    सिन्ह्वाका अनुसार उक्त होटलको दोस्रो तला लुनार नयाँ वर्षयतादेखि मर्मत सम्भार गरिँदै थियो। प्रहरीले होटलका मालिकलाई यतिबेला नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ। क्वान्झाउमा हालसम्म ४७ जना कोरोनाबाट संक्रमित भेटिएका छन्। फुजियान प्रान्तभर भने हालसम्म २९६ जना कोरोना संक्रमित भेटिएका छन्। हाल त्यहाँ १० हजार ८१९ लाई क्वारेन्टाइनमा राखिएको छ।



    आपतकालीन व्यववस्थापन मन्त्रालयका अनुसार उद्धारका लागि १ सय ५० भन्दा बढी कर्मचारी खटाइएका छन् । चीनको माइक्रोब्लगिङ प्लेटफर्म विबोमा यसको भिडियो पनि जारी गरिएको छ । यसमा उद्धारकर्मीले एक महिलालाई भग्नावशेषबाट निकालेर एम्बुलेन्समा राखेका छन् । चाइना डेलीका अनुसार घटना शनिबार बेलुका साढे ७ बजेको हो । दुर्घटनामा होटलका ८० कोठा भत्किएका छन् । राहत र उद्धारकर्मी घटनास्थलमा छन् । अधिकारीका अनुसार भवन के कारण भत्कियो त्यसबारे पत्ता लाग्न सकेको छैन ।

    एजेन्सी

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार