Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • यस्तो छ आज (फागुन २६ गते) को राशिफल

    यस्तो छ आज (फागुन २६ गते) को राशिफल

    अनलाइन नेपाल
  • सोमबार, २६ फाल्गुन २०७६
  • 1.9K
    SHARES

    मेष-चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    परे पनि तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ । आम्दानीका स्रोत बढ्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ । अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ । बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ। सुखद् समाचारले उत्साह जगाउनेछ ।

    बृष- इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
    व्यावहारिक समस्याले सताए पनि सामाजिक कार्यले हौसला प्रदान गर्नेछ । समस्या दर्साएर पनि सहयोगीहरू फेला पार्न सकिनेछ । परिवारमा आमाको सहयोगबाट फाइदा मिल्नेछ । आफन्तको साथ जुट्नेछ । सम्झौताले उत्साह जगाउनेछ भने बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ । कृषि उत्पादनले आम्दानी बढ्नेछ भने उपभोग्य सामग्री जुटाउन सफल भइनेछ ।



    मिथुन- का, कि, कु, घ, ङ, छ, के, को, ह
    पहिलेका सहयोगी प्रतिस्पर्धीका रूपमा देखापर्न सक्छन् । दाजुभाइसँग सन्तुलित व्यवहार गर्नुहोला । अवसरका लागि केही जोखिम उठाउनुपरे पनि पछि फाइदा हुने काम प्रारम्भ हुनेछ । मिहिनेतले चिताएका काम सम्पादन हुनेछन् । कृषि र पशुपालनमा केही समस्या देखिए पनि धन आर्जन राम्रै हुनेछ । प्रयत्न गर्दा दिगो फाइदा हुने काम सम्पादन गर्न सकिनेछ ।



    कर्कट- हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    बोलीको गलत अर्थ लाग्ने समय रहेकाले व्यवहारमा सजग रहनुपर्ला । नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला । मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ । लेखन तथा सिर्जनात्मक कामबाट ख्याति मिल्नेछ । आलोचकहरू पनि व्यवहारले नजिकिन सक्छन् । सहयोगीहरूले साथ दिनेछन् भने अहिलेको मिहिनेतले दिगो फाइदा दिलाउनेछ ।

    सिंह- मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    भेटघाटमा अलमलिनाले काममा बाधा पुग्नेछ । विभिन्न अवसर आए पनि समयमा निर्णय लिन नसक्दा पछि परिनेछ । स्वास्थ्यका लागि खानपानमा सचेत रहनुहोला । इच्छाशक्तिद्वारा महत्वाकांक्षी कार्य प्रारम्भ होला । साथ दिनेहरू बढ्नेछन् भने आँटले काम बन्न सक्छ । रमाइलो जमघटका बीच खानपानको आनन्द प्राप्त हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ ।

    कन्या- टो, प, पि, पु, ष, ण, ठ, पे, पो
    अर्थअभाव खट्किनाले बनिसकेको काम दोहोर्याउनुपर्ने हुन सक्छ । तापनि चुनौतीहरू पन्छाउँदै रोकिएका काम सम्पादन गर्न सकिनेछ । खर्च लागे पनि टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । छर–छिमेकमा असमझदारी बढ्ने समय भएकाले होसियारीसाथ काम लिनुहोला । टाढाका साथीभाइको निम्तो प्राप्त होला ।

    तुला- र, रि, रु, रे, रो, ता, ति, तु, ते
    प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ । पहिले रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्न सक्छ । आम्दानी बढ्नाले उत्साह जाग्नेछ । व्यापारमा राम्रै फड्को मार्न सकिनेछ । साझेदारीबाट पनि लाभ मिल्नेछ । पारिवारिक आवश्यकता पूर्ति होला । श्रमको उचित मूल्यांकन हुनेछ । सञ्चित धनको उपयोगबाट विशेष लाभ मिल्नेछ । दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ ।

    बृश्चिक- तो, ना, नि, नु, ने, नो, या, यि, यु
    महत्त्वपूर्ण जिम्मेवारी प्राप्त भए पनि तत्काल फाइदा उठाउन नसकिएला । समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढा हुन सक्छन् । तथापि मिहिनेत गर्दा बिस्तारै कर्मफल प्राप्त हुनेछ । आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ ।

    धनु -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
    समुदायको हितमा राम्रै काम गर्न सकिनेछ । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ । प्रयत्न गर्दा आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुनेछ । सहयोगीहरूले साथ दिनेछन् । आँटेका काम पनि सजिलै सम्पादन हुनेछन् । समाजमा तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।

    मकर- भो, ज, जि, खि, खु, खे, खो, गा, गि
    चलसमस्याप्रति गम्भीर नबन्दा दुःख पाइनेछ । स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला । समस्या दर्साउँदा सहयोगी फेला पर्नेछन् । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ । नसोचेको अवसरले जिम्मेवारी दिलाउन सक्छ । टाढिएका साथीभाइ नजिकिनेछन् भने मित्रता नै दिगो लाभको संवाहक बन्न सक्छ ।

    कुम्भ- गु, गे, गो, सा, सि, सु, से, सो, द
    घुमफिर तथा मनोरञ्जनको समय छ । भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । काममा साथीभाइबाट सहयोग मिल्नेछ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । अतिथिको रूपमा सत्कार पाइनेछ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ । सोखले खर्च बढाए पनि मनपर्ने भौतिक साधन जोड्ने समय छ ।

    मीन- दि, दु, थ, झ, ञ, दे, दो, च, चि
    प्रयत्न गर्दा जटिल ठानिएको काम समेत सम्पादन हुन सक्छ । अधिकारका लागि संघर्षमा उत्रनुपरे पनि प्रतिद्वन्द्वीलाई परास्त गर्न सकिनेछ । प्रतिस्पर्धाले थप हिम्मत जुटाउला । केही चुनौतीहरू देखिए पनि अरूले आँट्न नसकेको काम आफ्ना लागि लाभदायक बन्न सक्छ । खर्च लागे पनि यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ । पछिका लागि विशेष काममा जग बसाउने मौका छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार