Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • स्टिल झिक्न गएका बिरामीको हड्डी काटियो !

    स्टिल झिक्न गएका बिरामीको हड्डी काटियो !

    अनलाइन नेपाल
  • सोमबार, २६ फाल्गुन २०७६
  • 1.9K
    SHARES

    उदयपुर । ४२ वर्षीय पूर्णबहादुर खत्रीको देब्रे कुममा राखिएको स्टिल झिक्नुपर्नेमा डाक्टरले हड्डी काटेर फालेको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।

    उदयपुरको गाईघाट सिभिल हस्पिटल एन्ड ट्रमा सेन्टरका अर्थाेपेडिक डा. सञ्जयकुमार साहले हड्डी झिकिदिएको खत्री बताउँछन् । खोटाङको दिक्तेल रुपाकोट मझुवागडी ३ बाम्राका खत्रीको कुममा अप्रेसन गरी स्टिल राखिएको थियो ।



    ‘डाक्टरले स्टिल छाडेर हड्डीको टुक्रा काटेर फ्याँकिदिएकाछन् , ’ खत्री भन्छन् , ‘ ‘स्टिल लगाएर हात ठीक पार्न खोजेको तर डाक्टरले उल्टै हड्डी काटिएपछि हात पहिलेको अवस्थामा बनाउने आस मर्याे । ’ दिक्तेल बजारमा २०७५ माघ ७ गते उनको देब्रे कुमको हडडी भाँचिएको थियो । उनी जिल्ल अस्पतालमा उपचारपछि काठमाडौँस्थित नेपाल अर्थाेपेडिक अस्पतालमा पुगेका थिए ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार