Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सांस्कृतिक कार्यक्रमको नाममा अश्लील नृत्य, भारतबाट ६ नेपाली युवतीको उद्धार

    सांस्कृतिक कार्यक्रमको नाममा अश्लील नृत्य, भारतबाट ६ नेपाली युवतीको उद्धार

    अनलाइन नेपाल
  • सोमबार, २६ फाल्गुन २०७६
  • 2.1K
    SHARES

    फाइल तस्बिर

    पटना । सांस्कृतिक कार्यक्रममा सहभागी हुनुपर्ने र आकर्षक पारिश्रमिक पाइने प्रलोभन देखाएर भारत लगिएका ६ नेपाली युवतीलाई अश्लील नृत्यका लागि बाध्य पारिएको खुलासा भएको छ ।

    भारतको उत्तर प्रदेश र बिहार राज्यमा सांस्कृतिक कार्यक्रममा सहभागी हुनुपर्ने भन्दै उनीहरुलाई नेपालबाट लगेर ‘आर्केस्ट्रा’मा अश्लील नृत्य गर्न लगाएको हो । भारतमा पुगिसकेपछि उनीहरुलई छोटा कपडा लगाएर अश्लील नृत्यका लागि बाध्य पारिएको हो ।



    हालै यस्तो धन्दामा संलग्न रहँदै आएका ६ नेपाली युवतीको उद्धार गरिएपछि यो तथ्य उजागर भएको हो । पीडित युवतीहरुका अनुसार उनीहरुलाई प्रति महिना २५ देखि ३० हजार भारतीय रुपैयाँ पारिश्रमिक दिने प्रलोभनमा भारत ल्याइएको थियो । सुरुमा उत्तर प्रदेशमा लागिएका उनीहरुलाई पछि बिहारमा पु¥याइएको थियो ।



    नालन्दास्थित ‘मुस्कान आर्केस्ट्रा’मा लगेर उनीहरुलाई बिहे तथा अन्य अवसरमा आयोजना हुने नृत्यमा सहभागी गराइएको बताइन्छ । यस क्रममा उनीहरुलाई छोटा कपडा लगाउन बाध्य पारिएको र अश्लील हाउभाउका साथ प्रस्तुति गर्न दबाब दिइएको पीडितहरुको भनाइ छ । उक्त समूहबाटै भाग्न सफल एक जनाले गोरखा सेवा संघका सूरज थापालाई घटनाबारे जानकारी दिएपछि थापाकै समन्वयमा भारतीय प्रहरीले ती युवतीलाई उद्धार गरेको बताइएको छ ।

    उनीहरुलाई जबर्जस्ती अश्लील नृत्य गर्न लगाउने मुस्कान आर्केस्ट्राका सञ्चालक भने फरार रहेको प्रहरीको भनाइ छ । उद्धार गरिएका नेपाली युवतीलाई सोमबार रक्सौल नाकामा उनीहरुको परिवारजनको जिम्मा लगाउने जनाइएको छ । एजेन्सी

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार