Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • नायिका सनीले ल्याइन् ‘खुल्ला आकाश’ गीत

    नायिका सनीले ल्याइन् ‘खुल्ला आकाश’ गीत

    अनलाइन नेपाल
  • सोमबार, २६ फाल्गुन २०७६
  • 2.1K
    SHARES

    काठमाडौं । ‘प्रेमपिण्ड’ फिल्मकी नायिका अभिनेत्री सनी रौनियार गायिका पनि हुन् । उनले आजभन्दा करिव २४ वर्ष अगाडि ‘सनी’ नामक एल्बम समेत सार्वजनिक गरेकी थिइन् । नायिका सनी रौनियार गायिकाको रुपमा फेरि कमब्याक भएकी छन् । उनले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा ‘खुल्ला आकाश…’ बोलको गीत सार्वजनिक गरेकी छन् ।

    विजय शिवाकोटीको शब्द, राजु सिहंको संगीत रहेको गीतको भिडियोलाई भुषण दहालले निर्देशन गरेका छन् । गीतको भिडियोमा विभिन्न क्षेत्रका सफल महिलाको जीवन्त तस्वीरसँगैै सनि स्वयम फिचर्ड छिन् ।



    करिब दुई दशक अगाडि चलचित्रकी चर्चित नायिका सनी रौनियार नायिकासँगै गायिका पनि हुन् । उनले प्रेमपीण्ड, सीता, दैव संजोगलगायत चलचित्रमा अभिनय गर्नुका साथै ‘सनि’ नामक गीतिएल्बममा स्वर भरेर सफल नायिकासँगै कुशल गायिकाको रुपमा आफूलाई स्थापित गर्न सफल भएकी छन् ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार