Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • विश्व बजारमा तेलको मूल्य ह्वात्तै घट्याे

    विश्व बजारमा तेलको मूल्य ह्वात्तै घट्याे

    अनलाइन नेपाल
  • सोमबार, २६ फाल्गुन २०७६
  • 2.6K
    SHARES

    दुबई । विश्व बजारमा तेलको मूल्य ह्वात्तै घटेकाे छ। पेट्रोलियम पदार्थ उत्पादन गर्ने मुलुकहरुको समूह ओपेक र रुसबीच उत्पादन कटौती गर्ने सम्झौता भंग भएपछि तेलको मूल्य ३० प्रतिशतले कम भएको हाे।

    कच्चा तेलका दुई मुख्य बेन्चमार्क ब्रेन्ट र डब्लूटीआईले प्रतिब्यारेल ३५ डलर भन्दा कम मूल्यमा तेलको कारोबार गरिरहेका छन् । सोमबारमात्र एसियाली बजारमा तेलको मूल्य ह्वात्तै घटेको थियो । त्यस दिन ब्रेन्टमार्फत् ३१.३८ डलर प्रतिब्यारेलमा र डब्लूटीआईमार्फत् २८ डलर प्रतिब्यारेलमा तेलको कारोबार भएको थियो ।



    विश्वमा आर्थिक सुस्तता र कच्चा तेलको माग घट्दै जान थालेपछि गत शनिबारमात्र साउदी अरबले एसिया, युरोप र अमेरिकी ग्राहकलाई हरेक ब्यारेलमा ६ देखि ८ डलर छुट दिने घोषणा गरेका थियो । साउदी अरबको यो कदमपछि तेल उत्पादनकर्ता मुलुकहरुबीच तेलको मूल्य कम गर्ने होडबाजी चल्ने सम्भावना बढेर गएको बताइन्छ ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार