Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • दिल्लीमा आत्मघाती हमला गर्ने तयारीमा रहेका यी आईएस जोडी!

    दिल्लीमा आत्मघाती हमला गर्ने तयारीमा रहेका यी आईएस जोडी!

    अनलाइन नेपाल
  • सोमबार, २६ फाल्गुन २०७६
  • 2K
    SHARES

    नयाँदिल्ली । भारतकाे राजधानी दिल्लीमा आत्मघाती हमला गर्ने तयारीमा रहेकाे एक आईएस जोडी त्यहाँकाे प्रहरीले पक्राउ गरेकाे छ। दिल्ली प्रहरीले हालै आईएसआईएस सम्बद्ध कश्मीरी आईएस जोडीलाई पक्राउ गरेकाे हाे।

    प्रहरीका अनुसार अफगानिस्तानको खोरासान प्रान्तको आईएसआईएस युनिटसँग सम्बद्ध रहेका उनीहरुले दिल्लीमा आत्मघाती विस्फोट गराउने तयारी गरिरहेकाे अवस्थामा विशेष सूचनाकाे आधारमा पक्राउ गरिएकाे हाे।



    प्रहरीले उनीहरुको नाम समेत सार्वजनिक गरेको छ । जहान्जेब सामी र उनकी पत्नी हिना बसिर बेइगलाई प्रहरीले दिल्लीको दक्षिणी क्षेत्रबाट पक्राउ गरेको हो । स्रोतका अनुसार जहान्जेब सामी एक प्राइभेट कम्पनीमा काम गर्थे । उनीहरु सामाजिक सञ्जालमा समेत सक्रिय रहेको बताइन्छ । ‘इन्डियन मुस्लिम युनिट’ नामको सामाजिक सञ्जालको अभियान समेत उनीहरुले सञ्चालन गरेको प्रहरीको भनाइ छ ।



    प्रहरीले अनुसन्धानको क्रममा यस्तो भेटिएको भारतीय मिडियाले उल्लेख गरेका हुन् । नागरिकता कानुनको विरोध गर्दै भएको प्रदर्शनमा पनि आईएसआईएसको भुमिका रहेको प्रहरीको दावी छ । उच्च अधिकारीहरुका अनुसार उक्त जोडीको सम्बन्ध आफगानी आईएसआईएसका उच्चस्तरीय सदस्यसँग रहेको थियो ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार