Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • मकवानपुर र हेलम्बु घुमेर फर्किइन् मिस वर्ल्ड टोनी

    मकवानपुर र हेलम्बु घुमेर फर्किइन् मिस वर्ल्ड टोनी

    अनलाइन नेपाल
  • सोमबार, २६ फाल्गुन २०७६
  • 2.5K
    SHARES

    काठमाडौं । नेपालको तीनदिने भ्रमणमा आएकी वर्ल्ड मिस वर्ल्ड टोनी एन सिंह फर्किएकी छन् ।

    मिस वर्ल्डकी अध्यक्ष जुलिया मोर्ले, मिस वर्ल्ड टोनीसहितको टोलीलाई मिस नेपालको आयोजक संस्था हिडेन ट्रेजरले नेपाल ल्याएको थियो । उक्त टोली आज स्वदेश फर्किएको हो ।



    उनीहरु मकवानपुर र हेलम्बुसम्म पुगेर पूर्व मिस नेपाल श्रृंखला खतिवडा र हालकी मिस नेपाल अनुष्का श्रेष्ठको प्रोजेक्ट अवलोकन गरेका थिए ।



    त्यसअघि उनीहरुले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईसँग शिष्टाचार भेटघाट गर्दै नेपालमा मिस वर्ल्ड आयोजना गर्न सकिने विषयमा छलफल गरेका थिए ।

    तथापी आगामी मिस वर्ल्ड नेपालमा गर्ने बारे सरकारसित कुनै ठोस समझदारी नगरी टोली फिर्ता भएको हो ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार