Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्रधानमन्त्री ओलीलाई ‘इन्फेक्सन’ हुने डर, पाँच दिनदेखि आईसीयूमा

    प्रधानमन्त्री ओलीलाई ‘इन्फेक्सन’ हुने डर, पाँच दिनदेखि आईसीयूमा

    अनलाइन नेपाल
  • मंगलबार, २७ फाल्गुन २०७६
  • 2.4K
    SHARES

    काठमाडौं । गत बुधबार त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओलीमा इन्फेक्सनको मुख्य चुनौती देखिएको छ । उपचारमा संलग्न चिकित्सक मिर्गौला रोग विशेषज्ञ प्रा.डा. दिव्यासिंह शाहका अनुसार प्रधानमन्त्री ओलीलाई इन्फेक्सन हुने भएकाले अस्पतालको बसाइ लम्बाइएको हो । उनले इन्फेक्सनबाट बचाउन प्रधानमन्त्री ओलीलाई आईसीयूमा राखिएको जनाइन् । यद्यपि, प्रधानमन्त्री ओलीको डिस्चार्ज मिति तय नभएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।

    प्रत्यारोपणपछि भाइटल तथा ल्याब सूचकहरू अपेक्षाअनुरूप नै सुधार हुँदै गएको अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले बताए । मिर्गौला दाता समीक्षा संग्रौलाको स्वास्थ्य अवस्था पनि सामान्य बन्दै गएको छ । प्रधानमन्त्री ओली र समीक्षाले सामान्य रूपमा आहारा लिन थालेका छन् । प्रधानमन्त्री ओलीलाई अझै नजिकका व्यक्तिसँग भेटघाट गर्न दिइएको छैन । प्रधानमन्त्री ओलीलाई हिँडडुल गराउन र फिजियोथेरापी गराउन थालिएको छ । उनलाई केही दिन हाइडोजको औषधि दिइने उपचारमा संलग्न चिकित्सक बताउँछन् ।



    प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणमा त्रिवि शिक्षण अस्पतालका प्रत्यारोपण सर्जन प्रा.डा. प्रेम ज्ञवाली नेतृत्वको समूह खटिएको थियो । प्रधानमन्त्री ओलीले मिर्गौला प्रत्यारोपण गराउनुअघि एक सातामा आफू निको भएर आउने वाचा गरेका थिए । वाचाअनुसारै उनी घर फर्कन चाहे पनि उपचारमा संलग्न चिकित्सकले इन्फेक्सन हुने भन्दै केही दिन अस्पतालमै आराम गर्न आग्रह गरेका हुन् । १२ वर्षअघि प्रधानमन्धी ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो ।राजधानी दैनिकमा खबर छ ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार