Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्रधानमन्त्री ओली कामकाजमा फर्कन अझै ६ महिनासम्म लाग्छ : डा. सिंह

    प्रधानमन्त्री ओली कामकाजमा फर्कन अझै ६ महिनासम्म लाग्छ : डा. सिंह

    अनलाइन नेपाल
  • मंगलबार, २७ फाल्गुन २०७६
  • 2K
    SHARES

    काठमाडौं । बुधबार अर्थात २१ गते मृगौलाको दोस्रो पटक प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओली कामकाजमा आउन वा पुरै सक्रिय हुन अझै ६ महिनासम्म लाग्ने चिकित्सकहरुले बताएका छन् ।

    प्रधानमन्त्रीका निजी चिकित्‍सक डा. दिव्यासिंह शाहले प्रधानमन्त्रीको स्वास्थ्यबारे जानकारी दिन मंगलबार अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा बताएकी हुन् ।



    उनले भनिन्–‘प्रधानमन्त्रीलाई भीडभाडमा जान सल्लाह दिँदैनौं, पुरै सक्रिय भएर अरु सरह हिँडडुल गर्न ६ महिना लाग्न सक्छ, तर नियमित काम गर्न समस्या हुन्न । संक्रमणबाट जोगिन केही दूरीमा बस्नुपर्छ ।’



    सम्मेलनमा बेल्दै डा. शाहले प्रधानमन्त्रीकै परिवारबाट एक दुई दिन अस्पतालमा राख्न आग्रह आएको जानकारी गराउँदै भनिन्–‘उहाँहरुले तयारीको समय पनि माग्नु भयो, प्रधानमन्त्री त तुरुन्तै जान चाहनुहुन्छ ।’

    डा. शाहले प्रधानमन्त्रीको स्वास्थ्यबारे आफूहरु विश्वस्त नभएसम्म अस्पतालबाट डिस्चार्ज नगर्ने पनि बताइन् ।

    उनले भनिन्–‘जबसम्म हामी विश्वस्त हुदैनौं तबसम्म डिच्चार्ज गर्दैनौं, प्रधानमन्त्रीको स्वास्थ्यमा राम्रो सुधार छ, चाँडै डिस्चार्ज हुने अवस्था आउने देख्छु ।’

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार