Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • माछापुच्छ्रे बैंकका सीईओ शर्मा बाहिरिँदै , कोइराला सम्हाल्दै

    माछापुच्छ्रे बैंकका सीईओ शर्मा बाहिरिँदै , कोइराला सम्हाल्दै

    अनलाइन नेपाल
  • बुधबार, २८ फाल्गुन २०७६
  • 2.5K
    SHARES

    काठमाडौं । माछापुच्छ्रे बैंकबाट सुमन शर्मा बाहिरिएका छन् । बैंक सञ्चालक समितिले फागुन २८ गते शर्मालाई पत्र थमाउँदै चैत १ गतेबाट कार्यकाल सकिने जानकारी दिएको हो ।

    ४ वर्षका लागि प्रमुख कार्यकारी पदको जिम्मा पाएका शर्मा व्यक्तिगत कारण देखाउँदै बैंकबाट बाहिरन लागेका हुन् । उनले यहि फागुन मसान्तसम्म उक्त पद्को कार्यभार सम्हाल्ने बैंकले जानकारी दिएको छ । त्यस्तै सोही मितिबाट लागु हुने गरि बैंक सञ्चालक समितिले नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालालाई कायम मुकायम सिइओको जिम्मेवारी दिएको छ।



    ‘शर्माजीले परिवारिक कारण देखाएर बैंकबाट बाहिरिने इच्छा देखाउनु भयो,’ कामु जिम्मा पाएका कोइरालाले भने ‘कामु सीईओको जिम्मा मलाई दिइएको छ ।’



    उनलाई केही समयपछि प्रमुख कार्यकारी अधिकृतको जिम्मा दिइने गरी हाल कामुको जिम्मा दिइएको हो । बैंक सञ्चालक समितिको यहि फागुन १९ गते बसेको बैठकले कोइरालालाई चैत १ देखि कामु सीईओको कार्यभार सम्हाल्ने गरी जिम्मा दिइएको हो ।

    कोइराला विगत १७ वर्षदेखि बैंकिङ क्षेत्रमा छन् । बैंक अफ काठमाण्डूबाट करिअर थालेका कोइरालाले त्यहाँ ४ वर्ष काम गरे । त्यसपछि सानिमा बैंकमा ९ वर्ष काम गरेका उनले त्रिभुवन विश्व विद्यालयबाट एमबीएसम्म्को अध्ययन गरेका छन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार