Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • खेल क्षेत्रमा कोरोनाको असर

    ओलम्पिक संकटमा, कतै स्थगित कतै बन्द रंगशालामा हुँदैछन् खेल

    ओलम्पिक संकटमा, कतै स्थगित कतै बन्द रंगशालामा हुँदैछन् खेल

    अनलाइन नेपाल
  • बुधबार, २८ फाल्गुन २०७६
  • 3K
    SHARES

    काठमाडौं । विश्वभर फैलिरहेको कोरोनाभाइरसको संक्रमण खतराका कारण जापानमा चार महिनापछि हुने विश्व खेलकुदको कुम्भमेला ओलम्पिक संकटमा परेको छ । अहिलेसम्म ७० भन्दा बढी देशमा कोरोनाको संकमण फैलिसकेको छ । जसका कारण ओलम्पिक छनोटका खेलहरु प्रभावित भएका छन् ।

    फुटबलको सर्वोच्च निकाय (फिफा) र एशियाली फुटबल महासङ्घ (एएफसी) को संयुक्त बैठकले विश्वव्यापी रुपमा फैलदै गएको कोरोना भाइरसका कारण एशियामा तय भएका विश्वकप छनोट–२०२२ र एएफसी एशियन कप छनोट–२०२३ को खेल हाललाई स्थगित गर्ने निर्णय भएको छ।



    बैठकले फिफामा आबद्ध सबै व्यक्तिको स्वास्थ्य र सुरक्षा नै आफ्नो पहिलो प्राथमिकता रहेको बताउँदै तत्कालको लागि खेल रोकेको हो।



    नेपालका गेम पनि रोकिए
    फिफाको निर्णयसँगै केही दिनअघि मात्रै युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माको अध्यक्षतामा बसेको बैठकले पनि विश्वभर फैलिँदै गएको कोरोना भाइरसको सम्भावित सङ्क्रमणबाट बच्न खेलकूद गतिविधिलगायतको सम्पूर्ण कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको थियो।

    अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण, उपमेयर कप महिला लिग फुटबललगायतको खेलकूद गतिविधि तत्कालको लागि रोक्यो। एन्फाले कोरोना भाइरसको सम्भावित सङ्क्रमणबाट जोगिनको लागि ठूल ठूला घरेलु प्रतियोगिता एवं अन्तरराष्ट्रिय प्रतियोगिता पनि रोकेको छ।

    फिफा विश्वकप तथा एशियन कप छनोटअन्तर्गत चाइनिज ताइपेई र अष्ट्रेलियासँगको खेलका लागि तयारी गरिरहेको नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षणसमेत रोकेको थियो। घरेलु मैदानमा नेपालले आगामी चैत १३ गते चाइनिज ताइपेई र चैत १८ गते अष्ट्रेलियासँग खेल्ने तय भएको थियो।

    त्यसैको तयारीस्वरूप २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीले सातदोबाटोस्थित एन्फा मैदानमा फागुन १८ गतेदेखि प्रशिक्षण शुरु गरेको थियो। त्यस्तै चैत ३ गतेदेखि तय भएको राष्ट्रिय महिला लिग फुटबल पनि हाल नगर्ने गरी रोकिएको छ ।

    भलिबलमा भने यसअघि नै बङ्गलादेशमा हुने तय भएको एसियन भलिबल कन्फिडेरेस (एभीसी) भलिबल च्याम्पियनसिप रोकिएको छ। बक्सिङका धेरैजसो प्रतियोगिताहरु रोकिएका छन्। कोरोना भाइस कै कारण कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आगामी चैत १ देखि १५ गतेसम्म तय भएको एभरेष्ट प्रिमियर लिग (इपिएल) तत्कालका लागि रोकिएको छ।

    सबैभन्दा बढि असर ओलम्पिकमा

    आगामी १२ मार्चमा ग्रिसबाट टोकियो ओलम्पिक २०२० को टर्र्च याली सुरु हुँदैछ । २४ जुलाईमा टोकियोमा ओलम्पिक सुरु हुनुअघि टर्च विश्वका विभिन्न देशमा पुर्याइनेछ । कोरोनाका कारण ओलम्पिक आयोजकमाथि चुनौता थपिएको बेला जापानका ओलम्पिक मन्त्री सिको हासिमोटोले ओलम्पिक सर्न सक्ने बताएका छन् । उनले ओलम्पिक वर्षको अन्त्यसम्मका लागि सर्न सक्ने संसदमा जवाफ दिएका छन् ।

    गत मार्च ३ मा स्विट्जरल्यान्डमा बसेको बैठकपछि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका प्रवक्ता मार्क एडम्सले ओलम्पिक अहिलेसम्म तोकिएको समयमा सुरु हुने बताएका थिए । यस्तै कमिटीका अध्यक्ष थोमस बीचले पनि २४ जुलाईमै ओलम्पिक सुरु हुनेमा जोड थिएका छन् । तर जुन गतिमा कोरोनाको संक्रमण विश्वभर फैलिरहेको छ त्यसले ओलम्पिक तोकिएकै अवस्थामा हुने आकंशा जन्मिएको छ ।

    चीनका खेलाडीलाई बढी असर
    ओलम्पिकमा चीनका खेलाडीले अब्बल प्रदर्शन गर्दै आएका छन् । अमेरिकासँग टक्कर गर्ने चीनका खेलाडीको प्रदर्शन कोरोनाका कारण असर गर्नेमा चिनियाँ अधिकारी सजक छन् । कतिपय स्थानमा चीनका खेलाडीले छनोटमा भाग लिन समेत पाएका छैनन् । गत १८ देखि २३ फेब्रुअरीमा भारतमा भएको एसियन कुस्ती च्याम्पियनसिपमा ४० चिनिया खेलाडीलाई भारतले भिसा दिन अस्विकार गरेको थियो । सबै खेलाडीमा कोरोना भाइसरको टेस्ट नेगेटिभ भेटिए पनि भारतले भिसा दिएन ।

    त्यसो त यसअघि २००३ मा सार्स भाइरसका कारण महिला विश्वकप फुटबल प्रतियोगिता चीनबाट अमेरिकामा सारिएको थियो । यस्तै ब्रिटेनले ब्याडमिन्टन विश्व च्याम्पियनसिप रद्द गरेको थियो । १९१६ मा पहिलो विश्वयुद्धका कारण ओलम्पिक रद्द भएको थियो । यस्तै १९४० र १९४४ मा दोस्रो विश्वयुद्धका कारण ओलम्पिक हुन सकेन ।

    सबै खेल गतिविधि स्थगित गर्ने इटालीको निर्णय
    इटालीले देशमा बढिरहेको कोरनाभाइरसको संक्रमणलाई ध्यानमा राख्दै सम्पूर्ण खेल गतिविधिहरू अप्रिल ३ सम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ । यो स्थगन इटालियन सिरी ए को हकमा लागु भएपनि क्लब र राष्ट्रिय टोलीको अन्तराष्ट्रिय सहभागितामा भने लागु हुनेछैन । देशको राष्ट्रिय लिग इटालियन सिरी एले यसअघि अप्रिल ३ सम्मका सम्पूर्ण लिग खेलहरू बन्द रंगशालामा खेलाउने बताएको थियो ।

    कोरोनाभाइरसबाट संक्रमित हुने र मृत्यु हुनेको संख्यामा धेरै वृद्धि देखिएपछि इटालीले देशभरको आवागमन र सार्वजनिक जमघटहरूमा रोक लगाइसकेको छ । इटाली कोरनाभाइरसबाट पछिल्लो समय चीनपछिकै सर्वाधिक प्रभावित मुलुक हो । यस भाइरसको संक्रमणका कारण हालसम्म इटालीमा ज्यान गुमाउनेको संख्या ४६३ पुगेको छ भने संक्रमितको संख्या २४ प्रतिशतले बढेको छ ।

    बार्सिलोना र नापोली तथा पिएसजी र बोरुसिया डर्टमन्डबीचका खेल पनि बन्द रंगशालमा
    काठमाडौं । कोरोना भाइरसको कारण च्याम्पियन लिगका खेलहरु प्रभावित बनेका छन् । कोरोनाकै कारण युरोपियन च्याम्पियन्स लिग अन्तर्गत बार्सिलोना र नापोलीबीचको खेल पनि बन्द रंगशालमा खेलाइने भएको छ । बार्सिलोना र नापोलीबीच यही मार्च १८ मा बार्सिलोनाको घरेलु मैदानमा हुने अन्तिम १६ को दोस्रो लेगको खेल बन्द रंगशालमा खेलाइने भएको हो ।

    यो निर्णयपछि घरेलु मैदानमै हुने खेल बार्सिलोनाको समर्थकले हेर्न नपाउने भएका छन् । बार्सिलोना र नापोलीबीच पहिलो लेग १–१ को बराबरीमा सकिएको थियो । यसअघि नै स्पानिस क्लब भ्यालेन्सिया र इटालिनय क्लब एटलान्टाबीचको खेल बन्द रंगशालमा खेलाइने निर्णय भइसकेको छ । यस्तै पीएसजी र बोरुसिया डर्टमण्डबीचको खेल पनि बन्द रंगशालमा हुनेछ ।

    यसैबीच च्याम्पियन्स लिग अन्तर्गत पेरिस सेन्ट जर्मेन (पिएसजी) र बोरुसिया डर्टमन्डबीच आज हुने अन्तिम–१६ को खेल बन्द रंगशालामा हुँदैछ । कोरनाभाइरसको बढ्दो संक्रमणलाई ध्यानमा राख्दै यी दुईबिचको खेल दर्शकहरूको अनुपस्थितिमा खेलाइने तयारी गरिएको हो । पेरिस प्रहरीले कोरोनाभाइरसको संभावित जोखिमलाई हेर्दै यस्तो गर्ने निर्णय लिएको जनाएको छ । पहिलो लेगमा पिएसजी २–१ ले पराजित भएको थियो । पिएसजीले आफूहरू उपलब्ध परिस्थिति अनुसार खेल्न पूर्णरुपमा तयार रहेको बताएको छ ।

    भारत र दक्षिण अफ्रिकाका खेलाडीले हात नमिलाउने
    कोरोनाभाइरसको संक्रमणको खतराका कारण भारत र दक्षिण अफ्रिकाबीच हुने एकदिवसीय सिरिजका दौरान खेलाडीहरुले हात नमिलाउने भएका छन् । बिहीबारदेखि हुने सिरिजमा दुवै टिमका खेलाडीले हात नमिलाउने भएका हुन् । दक्षिण अफ्रिका ११ दिने भारत भ्रमणका लागि दुवई हुँद दिल्ली आइपुगेको छ ।

    दुई टिमबीच धर्मशाला, लखनाउ र कोलकातामा खेल हुनेछ । दुवै टिमका खेलाडीलाई कोरोनाको विषयमा सचेत गराइएको छ । भारत रहदा दक्षिण अफ्रिकाका मुख्य मेडिकल अफिसर डा सुएब मन्ज्रा पनि सँगै हुनेछन् ।

    नेपालको दुई खेल स्थगित
    विश्वव्यापीरुपमा फैलँदै गएको कोरोनाभाइरसका कारण विश्वकप छनोट–२०२२ र एएफसी एसियन कप छनोट–२०२३ अन्तर्गत नेपाल लगायत एसियन देशका खेल स्थगित भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) र एसियाली फुटबल महासङ्घ (एएफसी) को संयुक्त बैठक तत्कालका लागि एशियामा तय भएको खेल स्थगित गरेको हो ।

    बैठकले फिफामा आबद्ध सबै व्यक्तिको स्वास्थ्य र सुरक्षा नै आफ्नो पहिलो प्राथमिकता रहेको बताउँदै तत्कालको लागि खेल स्थगित भएको हो । फिफा विश्वकप छनोट तथा एएफसी एसियन कप छनोटअन्तर्गत समूह बी मा छैटौँ र सातौँ चरणको खेल नेपालमा हुने तय भएको थियो । जसमा नेपालले चाइनिज ताइपेइसँग चैत १३ र अष्ट्रेलियासँग चैत १८ गते खेल्ने तय भएको थियो । अब यो खेल जुन १ र जुन ९ मा हुने एएफसीले निर्णय गरेको छ । छनोट खेलअन्तर्गत पाँच खेल खेलेको नेपालले तीन अङ्क मात्र जोडेको छ ।

    चाइनिज ताइपेयलाई पराजित गरेको नेपाल चौथो स्थानमा छ । त्यस्तै १२ अङ्क जोडेको अष्ट्रेलिया शीर्ष स्थानमा छ भने १० अङ्क जोडेको कुवेत दोस्रो स्थानमा छ । त्यसैगरी समान १० अङ्क जोडेको जोर्डन तेस्रो स्थानमा छ भने अङ्कविहीन रहेको चाइननिज ताइपेय अन्तिम स्थानमा छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार