Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • अनुष्काकाे प्रेमी काे ?

    अनुष्काकाे प्रेमी काे ?

    अनलाइन नेपाल
  • बिहिबार, २९ फाल्गुन २०७६
  • 2.9K
    SHARES

    काठमाडौं । ‘बाहुबली’ फेम दक्षिण भारतीय अभिनेत्री अनुष्का शेट्टीको नाम सोही फिल्म अभिनेता प्रभाससँग निक्कै नै जोडियो । त्यसबारेमा अनेक समाचार र गसिप बने ।

    उनीहरूले ती समाचारहरूलाई लगातार आफूहरू राम्रो साथी मात्र भएको भन्दै अस्वीकार गर्दै आइरहे । प्रकाशित समाचारहरूमा उनीहरूबीचको सम्बन्ध प्रेममा मात्र सिमित भएन, उनीहरू विवाह नै गर्दैछन् भन्ने सम्म छापिए ।



    केही समय पछि सो हल्ला मत्थर हुँदै गयो । तर, अब अनुष्काका बारेमा लिएर नयाँ खबर सार्वजनिक भएको छ । हिन्दुस्तान टाइम्सको अनलाइन संस्करणमा प्रकाशित समाचारका अनुसार अनुष्का प्रभाससँगको नभई एक निर्देशकसँग प्रेममा छिन् ।



    सो समाचारका अनुसार अनुष्काको ‘जजमेन्टल हे क्या’ फिल्मका निर्देशक प्रकाश कोभेलामुण्डीसँग प्रेम चलिरहेको छ । सन् २००४ मा तेलेगु भाषामा बनेको बाल फिल्म‘बोम्मालता’ बाट फिल्म निर्देशनमा डेब्यू गरेका उनले अनुष्कालाई लिएर सन् २०१५ मा तेलेगुतमिल कमेडी ‘साइज जिरो’ बनाएका थिए ।

    उनीहरूबीच सोही फिल्मपछि प्रेम सुरु भएको बताइन्छ । त्यो समय विवाहित रहेका प्रकाशको दुई वर्ष अगाडि सम्बन्ध विच्छेद भइसकेको छ ।उनले बलिउड लेखिका कनिका डिल्लनसँग विवाह गरेका थिए ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार