Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • रणधीरको मोडलिङ यात्रा

    रणधीरको मोडलिङ यात्रा

    अनलाइन नेपाल
  • बिहिबार, २९ फाल्गुन २०७६
  • 1.9K
    SHARES

    काठमाडौं । मोडलिङबाट अभिनयमा जम्पगर्ने थुप्रै कलाकार छन् फिल्म क्षेत्रमा । ती मध्येका एक हुन् रणधीर शाह । सर्लाहीका शाह २०१२ देखि निरन्तर मोडलिङ छन् ।

    करिव दुई दर्जन र्याम्प सोको अनुभवपछि उनले २०१४ बाट मोडलिङसँगै अभिनयमा पनि फड्को मारेका हुन् । भोजपुरी र नेपालीमा केही म्युजिक भिडियो समेत अभिनय गरेका शाहको डेब्यु म्युजिक भिडियो भोजपुरी थियो ।



    जसमा उनले अभिनेत्री नीतु पोखरेलसँग रोमान्स गरेका थिए । उनको अभिनय रहेको पहिलो फिल्म ‘सुब्बा साप’ हो । त्यसपछि ‘गाजाबाजा’, ‘तिमी हुन्छौ जहाँजहाँ’, ‘पञ्चेबाजा’, ‘सरदका पातहरु’ अभिनय गरेका छन् ।



    फिल्ममा पोजेटिभ, नेगेटिदेखि प्रहरीसम्मको भूमिका निर्वाह गर्दै आएका शाह सानैदेखिको मोडलिङ रहरले कलाक्षेत्रमा होमिएको बताउँछन् । भन्छन् ‘सानोमा कलाकारहरुले कसरी अभिनय गर्दछन् भनेर विशेष रुचि रहन्थ्यो ।’ स्टेज शो भने उनले दुई दर्जन बढी गरेका छन् ।

    हुन त मोडलिङ र कलाकारिता एकअर्काको परिपुरक क्षेत्र हो । तर दुबैमा निरन्तरता दिनभने निकै कठिन छ । अर्काेकुरो यो क्षेत्रमा आर्थिक उन्नती छिटो गर्न सकिन्न । मिहिनेत धेरै गर्नुपर्छ धेरैले भन्ने कुरो यहि हो । शाहको बुझाई भने अलि फरक रहेको छ ।

    भन्छन् ‘मिहिनेत अनुसार फल मिल्न । म सन्टुष्टि छु ।’ मोडलिङमा ठुलो नाम र दाम कमाउने उदेश्यले बोकेका शाह केही हदसम्म सफल पनि छन् । नाम त उनको धेरै छ यो क्षेत्रमा । ‘निरन्तर यहि क्षेत्रमा लागि गरेको छु । दाम पनि मिल्छ होला’ शाहले थपे । मोडलिङको सिलसिलामा शाह थुप्रै केटीसँग पनि ठोकिएका छन् ।

    यो हिसावमा उनले धेरै केटीहरुलाई बुझ्ने अवसर समेत पाए । त्यसो त उनी कस्तो केटी मन पराउँछन् होला । ‘रूपरङले केही गर्दैन । सबैभन्दा महत्त्वपूर्ण बानी व्यहोरा र चरित्र हो । यो राम्रो भएको केटी मनपर्छ’ उनले जिज्ञासा मेटाए ।

    अहिलेसम्म प्रेम नगरेका शाहको हरेक ‘भ्यालेन्टाइन डे’ खेर जान्छ रे । अभिनयमा उनलाई अभिनेत्री केकी अधिकारीसँग रोमान्स गर्न मन छ । रोजेको ब्यक्तिसँग डेटको अफर दिए बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनसँग जाने उनले इच्छा जाहेर गरे ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार