Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • प्रतितोला ३ हजारले घट्यो सुनको मूल्य

    प्रतितोला ३ हजारले घट्यो सुनको मूल्य

    अनलाइन नेपाल
  • शुक्रबार, ३० फाल्गुन २०७६
  • 3.6K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सुनको भाउ (शुक्रबार) आज एकैदिन तोलामा ३ हजार रुपैयाँ घटेको छ। बिहीबार तोलाको ८१ हजार ५ सय रुपैयाँ रहेको छापावाल सुन आज ७८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    बिहीबार छापावाल सुन प्रतितोला ८१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी छापावाल सुन प्रतितोला ८२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ८१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।



    आज चाँदी प्रति तोलामा ४० रुपैयाँले घटेर प्रति तोला ८ सय २० रुपैयाँमा कारोबार भैरहेके सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो चाँदी प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।



    सुन यसै हप्ताको मंगलबार अहिलेसम्मकै उच्च तोलाको ८२ हजार ७ सय रुपैयाँ पुगेको थियो। त्यसपछि सामान्य ओरालो लागेको सुनको मूल्य आज एकैपटक ह्वात्तै झरेको हो। अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेकाले यहाँ पनि घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार