Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • फिल्मबाट टाढा भएपछि जुर्मुराएको गरिमाको ग्ल्यामरस

    फिल्मबाट टाढा भएपछि जुर्मुराएको गरिमाको ग्ल्यामरस

    अनलाइन नेपाल
  • शनिबार, १ चैत्र २०७६
  • 1.9K
    SHARES

    काठमाडौं। झोला नायिका गरिमा पन्त अहिले फिल्म उद्योगबाट टाढा छिन्। पहिले फिल्ममा काम गरुञ्जेल सोझी नायिकाको छवि बनाउन सफल उनी अहिले त्यसैलाई तोड्न मरिमेटेर लागेकी छन्। फिल्म उद्योग भनेकै ग्ल्यामरको चमकदमक रहेछ भन्ने कुरा बल्ल मेलो पाउँदैछिन् क्यार ! तर के गर्नु ? ग्ल्यामर देखाउने उमेर घर्किन लाग्दा मात्र उनले ग्ल्यामर देखाउने बुद्धि फि-यो।

    हुन त उनले ‘ठूली’ फिल्मको ‘म त मर्छु कि क्या हो ठूली’ बोलको गीतमा आइटम डान्स गरेकी थिइन्। त्यस्तै यही फिल्ममा एक्सन अवतार पनि उनलाई नदेखिएको होइन।



    अहिले उनी व्यवसायी हरि थपलियासँग घरजम गरेर बसेकी छन् साथै उनको व्यवसायमा सरसहयोग पनि गरिरहेकी छन्। फिल्मबाट टाढा भएपछि उनको ग्ल्यामरस पनि जुर्मुराएर उठेको छ। सामाजिक सञ्जाल त उनका अर्धनग्न तस्बिरले नै तातिएका छन्। ती तताउने तस्बिरका तलतिर उनले लखेकी छन्, ‘हिजो कलाकारिताको माध्यमबाट, आज व्यवसायको माध्यमबाट आफ्नो कर्मप्रति कटिबद्ध रुपमा अगाडि बढ्दै।’



    तर जस्ता हट फोटो उनले पोस्टेकी छन्, त्यो समय चाहिँ उल्टो प-यो। हिरोइन हुँदा ग्ल्यामर पस्किनुपर्ने बेलामा उनलाई पर्दामा रुँदै ठीक भयो। रुञ्चे अनुहार देखाएरै उनी हिट भइन्। ग्ल्यामर देखाउनुपर्ने बेला सोझी चरित्रमा नै जनताले रुचाए। अहिले देखाएको ग्ल्यामर अवतार पहिल्यै देखाएको भए, निर्माताको नजर त परिरहन्थ्यो नि ! अब यो पछिल्लो ग्ल्यामर अवतार के काम ?-शुक्रबार

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार