Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • अभिनेत्री प्रियंकाले काे सँग गरिन् इन्गेजमेन्ट?

    अभिनेत्री प्रियंकाले काे सँग गरिन् इन्गेजमेन्ट?

    अनलाइन नेपाल
  • आइतबार, २ चैत्र २०७६
  • 1.5K
    SHARES

    काठमाडौं । अनमोल केसी अभिनित फिल्म ‘क्याप्टेन’बाट अभिनयमा डेब्यु गरेकी अभिनेत्री प्रियंका एमभीले इन्गेजमेन्ट गरेकी छन् । उनले प्रेमी सफल अधिकारीसँग इन्गेजमेन्ट गरेकी हुन्।

    इन्गेजमेन्ट समारोहमा दुबै पक्षका परिवार सदस्यको मात्र सहभागीता रहेको थियो । सफल पेसाले इन्जिनियर हुन् । प्रियंकाले गत प्रणय दिवसको दिन इन्स्टाग्राम मार्फत आफू सफलको प्रेममा रहेको सार्वजनिक गरेकी थिइन् । इन्गेजमेन्ट पछि प्रियंकाले इन्स्टामा प्रेमीसँगको रोमान्टिक तस्बिर समेत सार्वजनिक गरिरहेकी छन् ।



    शनिबार अभिनेत्री आँचल शर्माको बिवाह भोजमा समेत प्रियंका र सफलसँगै देखिएका थिए । प्रियंका र सफलको शुक्रबार इन्गेजमेन्ट भएको हो ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार