Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • हलिउड अभिनेत्री कोरोना भाइरसबाट संक्रमित

    हलिउड अभिनेत्री कोरोना भाइरसबाट संक्रमित

    अनलाइन नेपाल
  • मंगलबार, ४ चैत्र २०७६
  • 1.9K
    SHARES

    अमेरिका । हलिउड अभिनेत्री ओल्गा कर्लेन्को कोरोना भाइरसबाट संक्रमित भएकी छिन । उनले कोरोना भाइरस संक्रमण भएको पुष्टि भएपछि आफू घरमै आइसोलेसनमा रहेको जनाएकी छिन् ।

    ‘क्वान्टम अफ सोलेस’की नायिका समेत रहेकी उनले आफू कोरोना भाइरसबाट संक्रमित भएको जानकारी इन्स्टाग्राममा दिएकी हुन् । उनले इन्स्टाग्राममा लेखेकी छिन्- ‘कोरोना भाइरस संक्रमण भएको पुष्टि भइसकेपछि म घरमै बसिरहेकी छु, एक हप्तादेखि ज्वरो र थकानले ग्रसित थिएँ, तपाईहरु आफ्नो ख्याल गर्नुहोस् र यसलाई गम्भीरतापूर्वक लिनुहोस् ।’



    यी बाहेक हलिउडका दुई दम्पती टम ह्यांक्स र रिता विल्सन, क्यानडियन प्रधानमन्त्री पत्नी सोफी, युनिर्भसल म्युजिकका सिइओ लुसियन ग्रेनगेलाई समेत कोरोना भाइरसको संक्रमण भएको पुष्टिपछि उनीहरु उपचारका लागि अस्पताल भर्ना भएका छन् ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार