Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएका १२ वटा कलेजका कार्यक्रम खारेज

    विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएका १२ वटा कलेजका कार्यक्रम खारेज

    अनलाइन नेपाल
  • मंगलबार, ४ चैत्र २०७६
  • 2.8K
    SHARES

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्डविपरीत सञ्चालन गरिएका १२ वटा कलेज खारेज गरेको छ ।

    मन्त्रालयले विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिई मन्त्रालयबाट अनुमति प्राप्त गरी सञ्चालनमा रहेका १२ वटा कलेजका सम्बन्धन खारेज गरेको हो ।



    मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी खारेज भएका कलेजहरुको नाम र खारेजी भएको कार्यक्रमको बारेमा उल्लेख गरेको छ ।



    खारेज भएका १० वटा कलेजमध्ये १० वटा ए–लेभल कोर्स सञ्चालन गर्ने कलेज रहेका छन् ।
    मन्त्रालयका उपसचिवद्धारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ–‘विदेशी विश्वविद्यालयहरुबाट सम्बन्धन लिई यस मन्त्रालयबाट अनुमति प्राप्त गरी सञ्चालित शिक्षण संस्थाहरु विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गर्ने सम्बन्धि निर्देशिका, २०५९ को दफा ८ को उपदफा ६ र ६(क) बमोजिम प्रक्रिया पूरा नगरेकोले ऐ. निर्देशिकाको दफा ८ को उपदफा ६(क) बमोजिम २०७४/०९/१२ र मिति २०७६/१०/२३ को मन्त्रीस्तरीय निर्णय अनुसार खारेजी गरिएको छ ।’

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार