Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

तीन डीआईजी एआईजीमा बढुवा, बुधवार फुली लगाउँदै

काठमाडौं। मन्त्रिपरिषदको आइतबार बसेको बैठकले नेपाल प्रहरीका तीन डीआईजीलाई एआइजीमा बढुवा गरेको छ । बैठकले डीआइजीत्रय तारिणीप्रसाद लम्साल,शैलेश थापा क्षेत्री र हरिबहादुर पाललाई एआइजीमा बढुवा गरेको हो ।

यसअघि गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा रहेको बढुवा समितिले १५ फागुनमा लम्साल, क्षेत्री र पाललाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पताल भर्ना भएपछि मन्त्रिपरिषद बैठक बस्न नसकेकाले सिफारिस भएपनि बढुवा हुन सकेको थिएन ।

बढुवा भएका एआइजीत्रयको पदस्थापन समेत भइसकेको छ । लम्साललाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, थापालाई मानव स्रोत तथा प्रशासन र पाललाई कार्य तथा अपराध अनुसन्धान विभागमा जिम्मेवारी दिइएको छ । बढुवा भएका एआइजीहरुलाई प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीले बुधवार फुली लगाउने कार्यक्रम तय बहेको एक उच्च प्रहरी अधिकारीले वताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077