Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • घरमै रहेको बेला कोरोनाको लक्षण देखिए यसो गरौं (चिकित्सकहरुको नम्बर सहित)

    घरमै रहेको बेला कोरोनाको लक्षण देखिए यसो गरौं (चिकित्सकहरुको नम्बर सहित)

    अनलाइन नेपाल
  • बुधबार, १२ चैत्र २०७६
  • 5.4K
    SHARES

    काठमाडौं । चीनबाट शुरु भएर विश्‍वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण १७ हजार भन्दा बढिको ज्यान गइसकेको छ भने लाखौं संक्रमित भएका छन् ।

    हालसम्म नेपालमा भने १ जनालाई कोराना भाइरसको संक्रमण पुष्टि भएको छ । नेपाल सरकारले मंगलबारबाट लाक डाउन गरेको छ ।



    कालीमाटी जस्तो एकदमै भिडाभाड हुने तरकारी बजार खुल्ला गरेर कतै सरकारले कोरोनाको महामारी अझै फैलाइरहेको त छैन ? प्रश्न गम्भिर छ । कतिपय अस्पतालहरुले रुघा खोकीका विरामीलाई भर्ना लिएका छैनन । यस्तो अवस्थामा सरकारले स्पष्टिकरण मात्र सोधेको छ । यो बेला सरकारले चाल्नु पर्ने कदम यहि हो त ? यसको उत्तर स्वाथ्यमन्त्रीले दिने कि, प्रधानमन्त्रीले ?



    यस्तो अवस्थामा सरकारले प्रभावकारी कदम चाल्न सक्नु पर्छ । अधिकांश व्यक्तिहरु घरमै रहेका बेला कोरोनाको लक्षण देखिए के गर्ने त ? धेरैको गुनासो यहि हो । धेरै भन्दा धेरै व्यक्तिको यहि जिज्ञासालाई हामीले मेटाउने प्रयास गरेका छौं ।

    हामीले चिकित्सकहरुको सल्लाह अनुसार कोरोना के हो ? कोरोना लागेको कसरी थाहा पाउने, नेपालमा कोरोना परीक्षण हुन्छ कि हुँदैन, कोरोनाको नमुना संकलनका लागि के गर्नुपर्छ, रिपोर्ट कहिले आउँछ, कहाँ–कहाँ उपचार हुन्छ, विरामीले के गर्नुपर्छ र कसरी बच्न सकिन्छ भन्ने सवत्र चासोको विषयमा जिज्ञासा मेटाउने प्रयास गरेका हौं ।

    सर्वत्र चासोको विषयमा हामीले तयार पारको केही जानकारी
    १. नोवेल कोरना भाइरसको परीक्षण अहिले जनस्वास्थ्य प्रयोगशाला टेकुमा मात्र गरिन्छ । तर, मंगलबार बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले थप तीन हस्पिटल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा र भेरी अस्पताल, नेपालगञ्जका प्रयोगशालाहरूमा कोरोना परीक्षण कार्य यथाशीघ्र सुरु गर्ने निर्णय गरेको छ ।

    २. रुघा खोकी लागेका र ज्वरो आएका कोरोनाको शंकास्पद बिरामीलाई चिकित्सकको सल्लाह अनुसार आइसोलेसनमा राखिन्छ । विरामी जुन अस्पतालमा भएपनि उसको नमुना संकलन गरेर प्रयोगशालामा पठाउने अस्पतालहरुले जनाएका छन् । यद्यपी सबैले यो सुविधा पाउँदैनन् ।

    ४. कोरोना परीक्षणका निःशुल्क हुन्छ ।

    ५. कोरोना परीक्षणका लागि थर्ट स्याव, नशल स्वालगायतका परीक्षण गरिनुपर्ने हुन्छ ।

    ६. कोरोना परीक्षणका लागि २४ सै घण्टा नमुना संकलन हुन्छ भने नमुना संकलन भएको २४ घण्टामा रिपोर्ट आउँछ ।

    सरकारले लकडाउन गरिरहेको अवस्थामा मानिसहरु सबै आ–आफ्नै घरमा बसिरहेका छन् । यस्तो अवस्थामा घरमै बसेका व्यक्तिहरुलाई कोरोनाको लक्षण देखिएको खण्डमा सबैभन्दा पहिले के गर्ने र कसलाई सम्पर्क गर्ने भन्ने सबैभन्दा महत्वपूर्ण कुरा हो ।

    यस्तो अवस्थामा चिकित्सकको परामर्श लिएर मात्र अस्पताल जानुपर्छ । त्यसका लागि हामीले केही चिकित्सक र कर्मचारीहरुको मोवाइल नम्बर यहाँ उपलब्ध गराएका छौं ।

    डा. श्रवणकुमार मिश्र ९८५१६६८२२०
    डा. रञ्जित शाह ९८२७७०१४६५
    डा. राजेशकुमार गुप्ता ९८५१२३९९८८
    दिनेश थापा मगर ९८२३१६८५४०
    नरेश थापा मगर ९८०३१५२१४९

    कोरोनाबाट कसरी बच्ने  ?
    रोग लागेर अस्पताल जानु भन्दा रोग लाग्न नदिनु नै सबैभन्दा उचित उपाय हो । यस्तो बेला कोरोनाबाट बच्ने उपायहरु निम्न छन् ।
    अब कोरोनाबाट बच्नका लागि हामीले निम्न कुरामा ध्यान दिनुपर्छ ।
    १. नियमित हात धुने
    २. सकेसम्म घर बाहिर ननिस्किने
    ३. चिकित्सकको सल्लाह र सुझाव मान्ने
    ४. प्रतिरक्षा क्षमता बढाउने
    ५. काँचो खानेकुराहरु सकेसम्म नखाने
    ६. अण्डा तथा मासुजन्य खानेकुराहरु राम्रोसँग पकाएर मात्र खाने
    ७. घरबाट बाहिर निस्कनै परेमा माक्स र पञ्जा अनिवार्य लगाउने
    ८. सकेसम्म घरका सबै सदस्यले छुट्टाछट्टै टावेल प्रयोग गर्ने ।
    ९. घरको झ्याल, ढोका खोल्दा वा बन्द गर्दा पञ्जाको प्रयोग गर्ने
    १०. जनावरहरु छोएपछि तत्काल साबुन पानीले हात धुने।
    ११. दैनिक कम्तीमा ५ लिटरसम्म पानी पिउने ।
    १२. एक अर्काबाट टाढै रहने ।
    १३. लगातार ज्वरो आएमा, खोकी लागेमा र आलस्य भएमा अस्पताल जाने ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार