Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • यस्ता छन् कोरोना भाइरसबाट बच्ने उपाय

    यस्ता छन् कोरोना भाइरसबाट बच्ने उपाय

    अनलाइन नेपाल
  • सोमबार, १० चैत्र २०७६
  • 3K
    SHARES

    काठमाडौं । केही बेर अघि मात्रै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले मन्त्रालयमा पत्रकार सम्मेलन नै गरेर काठमाडौंमा पनि कोरोनना संक्रमित विरामी भेटिएको जानकारी गराए ।

    पत्रकार सम्मेलनमा उनले चैत ४ गते मंगलवार फ्रान्सबाट कतार हुँदै नेपाल आएकी एक १९ वर्षीया किशोरीमा कोरोनाको संक्रमण देखिएको जानकारी गराएका हुन् ।



    यसबारे सूचना दिंदै उनले भने–‘उहाँ होम क्वारेन्टाइनमै हुनुहुन्थ्यो, रिपोर्ट पोजेटिभ आएपछि हामीले अस्पताल पुर्‍याएका छौं ।उहाँसँगको सम्पर्कमा रहेका साथीहरु, प्लेनमा आउँदाखेरि कति मान्छेहरु कहाँ (कहाँको आउनुभएको थियो, त्यसलाई पनि हामीले खोजेर व्यवस्थित गर्छौं ।’



    यो सँगै काठमाडौंमा झन कोरानाको त्रास बढेको छ । तर, यतिबेला त्रसित हुने भन्दा पनि सतर्कता अपनाउने बेला भएको चिकित्सकहरुले बताएका छन् ।

    कोरोनाको संक्रमण रोक्नका लागि सरकारले चालेका कदम रनिर्णयहरु पालना गर्दै हामी आफैले नै आफू सुरक्षित हुन आवश्यक सावधानीहरु अपनाउनुपर्छ ।

    यस्तो अवस्थामा कोरोनाबाट बच्न के गर्ने त भन्ने प्रश्न उब्जिएको छ । अब कोरोनाबाट बच्नका लागि हामीले निम्न कुरामा ध्यान दिनुपर्छ ।
    १. नियमित हात धुने
    २. सकेसम्म घर बाहिर ननिस्किने
    ३. चिकित्सकको सल्लाह र सुझाव मान्ने
    ४. प्रतिरक्षा क्षमता बढाउने
    ५. काँचो खानेकुराहरु सकेसम्म नखाने
    ६. अण्डा तथा मासुजन्य खानेकुराहरु राम्रोसँग पकाएर मात्र खाने
    ७. घरबाट बाहिर निस्कनै परेमा माक्स र पञ्जा अनिवार्य लगाउने
    ८. सकेसम्म घरका सबै सदस्यले छुट्टाछट्टै टावेल प्रयोग गर्ने ।
    ९. घरको झ्याल, ढोका खोल्दा वा बन्द गर्दा पञ्जाको प्रयोग गर्ने
    १०. जनावरहरु छोएपछि तत्काल साबुन पानीले हात धुने।
    ११. दैनिक कम्तीमा ५ लिटरसम्म पानी पिउने ।
    १२. लगातार ज्वरो आएमा, खोकी लागेमा र आलस्य भएमा अस्पताल जाने ।

    विश्वभर ३ लाख ३८ हजारभन्दा बढी मानिसमा देखिएको यो संक्रमणबाट करिब १ लाख मानिस निको भएर घर फर्किसकेका छन् । त्यसैले आफैले आफैलाई कमजोर नबनाउने । मृत्यु हुनेको भन्द निको भएर घर जानको संख्या धेरै छ । यस्तो अवस्थामा कारोनाबाट बच्न सबैले आ–आफ्नो स्थानबाट सावधानी अपनाउनु नै उपर्युक्त हुने चिकित्सकहरुले बताइसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार