Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नेकपा सासंद झाँक्रीको यस्ताे प्रश्नले स्वास्थ्य मन्त्री ढकाल परे नैतिक संकटमा

    नेकपा सासंद झाँक्रीको यस्ताे प्रश्नले स्वास्थ्य मन्त्री ढकाल परे नैतिक संकटमा

    अनलाइन नेपाल
  • बिहिबार, २० चैत्र २०७६
  • 2K
    SHARES

    फाइल फोटो

    काठमाडौं। सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं सांसद रामकुमारी झाँक्रीले चीनबाट खरिद गरिएकाे सामग्रीकाे विषयलाइ लिएर गम्भीर उठाएकी छन्। उनकाे प्रश्नले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालमाथि नैतिक संकट आइ परेकाे छ।

    कोरोना भाइरससँग सम्बन्धित स्वास्थ्य सामग्री खरिद ठेक्कामा अनियमितता भएको भन्दै चौतर्फी विरोध हुँदा सम्पूर्ण बल लगाएर बचाउमा उत्रिएका मन्त्री ढकालले अन्तत: बुधबार ओम्नी ग्रुपसँगको सम्झौता रद्द गरेपछि उनीमाथि सासंद झाँक्रीले नैतिकताको प्रश्न उठाएकी हुन्।



    सम्झौता रद्द हुँदा मेडिकल उपकरण खरिदमा भएको अनियमितताको आरोपलाई सरकारले स्वीकारेको छ भने जनस्तरको विरोधलाई पनि बल पुगेको छ।



    आफैंले जोडबल गरेर बचाउ गर्दै आएको ठेक्का नै रद्द भएपछि नैतिक संकटमा परेका मन्त्री ढकाललाई झाँक्रीले अब के गर्ने भनेर प्रश्न गरेकी छिन्।

    उनले ट्वीटरमा लेखेकी छिन्, ‘हिजोसम्म कन्दनी सुर्काउँदै सबै ठिक छ, राम्रो छ, तलमाथि भएको छैन, टेबलमा बसेर कुरा गर्न तयार छु भन्ने उहाँ के भन्नुहुन्छ त अब?’

    बुधबार रद्द गरिएको ठेक्कालाई यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले समेत विधिसम्मत भन्दै मन्त्रिपरिषदमा स्वास्थ्यमन्त्री ढकालको बचाउ गरेका थिए।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार