Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • चीनमा थुप्रिएको मेडिकल सामाग्री लिन किन नेपालबाट जहाज उड्दैन ?

    चीनमा थुप्रिएको मेडिकल सामाग्री लिन किन नेपालबाट जहाज उड्दैन ?

    अनलाइन नेपाल
  • बुधबार, ३ बैशाख २०७७
  • 5.1K
    SHARES

    चीन। चीनबाट स्वास्थ्य सामाग्री महंगो मुल्यमा खरिद गरेको भन्दै मेडिकल सप्लायर्सहरुले केही समय अगाडि सरकारको रवैयाको बारेमा विरोध जनाए ।

    चीनको गोन्जाउमा रहेका गैरआवासीय नेपाली संघ (एनआरएनए) आइसीसी सदस्य नबिन बिक सरकारबाट मेडिकल सामग्री खरिद प्रक्रियामा घोटाला हुन लागेको देखेर त्यसको पर्दाफास गरी आँफै स्वास्थ्य सुरक्षा सामाग्री संकलनमा खटिएपछि सामाजिक सन्जालमा उनले चर्चा कमाएका छन् भने सरकारको भजन गाउने केही अनलाइनहरुले चरित्रहत्या गरेर उनको बदनाम गरेका थिए।



    एनआरएनएले नेपाल सरकारलाई ४ हजार टेष्ट किटसहित स्वास्थ्य सामाग्री हस्तान्तरण गरिसकेको छ । एनआरएनए दक्षिण कोरिया, चीन र मकाउले संकलन गरेको सो सामग्री नेपाल सरकारलाई सहयोगस्वरुप  हस्तान्तरण गरेपछि नबिन बिकले बोलेको कुरा पुरा गरेको भन्दै उनको प्रशंसा समेत भएको छ ।



    यता, राज्यलाई चाहिने अत्यावश्यक मेडिकल सामानहरु चीनमा अड्किएर बसेको बिकले फेसबुकमार्फत जानकारी दिएका छन् । नेपालमा सामानको अभाब भएर नेपाली जनताले कालोबजारीयाहरुबाट महंगोमा सामान किन्नुपर्ने बाध्यतारहेको भन्दै उनले यसको पछाडि कुनै स्वार्थ लुकेको आशंका समेत गरेका छन्।  एनआरएनए आइसीसी सदस्य नबिन बिकले  लेखेको जस्ताको तस्तै :

    अत्यावश्यक मेडिकल सामानहरु लिन चीनमा जहाज किन उड्दैन ?

    नेपाल लक डाउन भए यता जम्मा दुईटा जहाज उड्यो त्यो पनि उडान क्षमता भन्दा १ चौथाई सामान मात्रै लिएर। अप्रिल २ तारिख भन्दा यता कुनै जहाज चीन आएको छैन।

    यतिधेरै दिनसम्म राज्यलाई चाहिने अत्यावश्यक मेडिकल सामानहरु चीनमा अड्किएर बसेको छ ।अप्रिल १०-११ मा क्रमशः २ वटा जहाज आउने खबर आए पनि अन्तिम घडीमा त्यो पनि स्थगित भयो ।

    सबै साना ब्यापारीको जहाज चाटर्ड गर्ने हैसियत छैन। अरु बेलामा १.७$ प्रति केजीमा सामान उडाईरहेका ब्यापारीहरु अहिले १५$ प्रति केजी सम्म तिर्न बाध्य भैरहेका छन् । त्यही पनि  सामान उड्ने कुनै निधो छैन।

    धेरै ब्यापारीहरुको अत्यावश्यक मेडिकल सामानहरु अहिले गोन्जाउमै अड्किएर बसेको छ भने नेपालमा सामानको अभाब भएर नेपाली जनताले कालोबजारीयाहरुबाट महंगोमा सामान किन्नुपर्ने बाध्यता त छदैछ ।

    र, सामानको अभाबमा ज्यान जाने जोखिम पनि उस्तै छ । यदि नेपाल सरकारले हप्ताको कम्तिमा पनि ४ वटा चार्टर फ्लाईट उडाईदिने हो भने सामान पुरानै ढुवानी दरमा उड्न सक्थ्यो र बजारमा देखिएको मेडिकल सामानको अभाब केवल १०-१२ दिनमा हराएर जान सक्छ र बजारमा सामान सुलभ मुल्यमा  सजिलै उपलब्ध हुन सक्छ।

    नेपालमा सामानको अभाब हुनु, सामान्य ब्यापारीको सामान चीनमै थुप्रिनु र सरकारले यसमा कुनै चासो नदेखाउनु केवल संयोग मात्रै हो कि ?  यसको पछाडि कुनै कालो स्वार्थ लुकेको छ ?

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार