Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • भूकम्प पीडितलाई राहत वितरण गर्न जाजरकोट जाँदै एनआरएनएको टोली

    भूकम्प पीडितलाई राहत वितरण गर्न जाजरकोट जाँदै एनआरएनएको टोली

    अनलाइन नेपाल
  • शनिबार, १८ कार्तिक २०८०
  • 951
    SHARES

    काठमाडौं । गैर आवासिय नेपाली संघ (एनआरएनए)ले जाजरकोट र रूकुम पश्चिमका भूकम्प पीडितलाई राहत सामग्री वितरण गर्ने भएको छ ।

    एनआरएनएले जाजरकोट र रूकुम पश्चिमका भूकम्प प्रभावितको उद्धार तथा राहत वितरण गर्ने तयारी गरेको हो ।



    भूकम्पले घरवारविहीन भएका परिवारलाई त्रिपाल, खाद्यान्न, लताकपडालगायतका सामाग्री सहयोग गर्न संघको टोली जाजरकोटतर्फ जाने तयारी भइरहेको एनआरएनएका उप महासचिव प्रविण गुरुङले जानकारी दिए ।



    भूकम्प पीडित २५० परिवारलाई संघले राहत सामग्री वितरण गर्न लागेको हो। राहत वितरणका लागि संघएनआरएनएका अध्यक्ष डा बद्री केसी, महासचिव गौरी जोशी, उपमहासचिव प्रविण गुरुङ, सचिव मनोज गोर्खाली, एनसीसी यूएईका अध्यक्ष विकास साहीलगायतको टोली राहत सामग्री बोकेर जाजरकोट जान लागेको सचिब मनोज गोर्खालीले वताए ।

    संघले त्रिपाल, खाद्यान्न ओछ्याउने म्याट्रेसलगायतका सामानहरु खरिद गरेको र उक्त सामानहरु पीडित परिवारलाई वितरण गरिने उपमहासचिव गुरुङले बताए । यसअघि संघले पहिलो चरणमा सरकारको राहत कोषमा १० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरिसकेको छ ।

    उपमहासचिव गुरुङका अनुसार जाजरकोटमा प्रहरी प्रशासन तथा स्थानिय तहसँग समन्वय गरी २५० वटा घरलाई लत्ताकपडा , खाद्यान्नलगायातका राहत सामाग्री बितरण गरिने छ।

    जाजरकोटको रामेडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण जाजरकोटको भेरी नगरपालिकास्थित खलंगा बजार र नलगाढ नगरपालिकामा धेरै क्षति पुगेको छ । रुकुम पश्चिम र जाजरकोटमा अहिलेसम्म १३६ जनाको मृत्यु भएको छ । १४० जना घाइते छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार