Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • साना व्यापारीको गुनासो चाहिं सम्बोधन हुँदैन सरकार ?

    साना व्यापारीको गुनासो चाहिं सम्बोधन हुँदैन सरकार ?

    अनलाइन नेपाल
  • शनिबार, ६ बैशाख २०७७
  • 4.4K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) विश्वभर माहामारीको रुपमा फैलिएपछि नेपाल सरकारले पनि संक्रमण रोक्नका लागि लकडाउन घोषणा गरेको छ । चैत ११ गतेबाट शुरु भएको लकडाउन बैशाख १५ गतेसम्मका लागि जारी छ ।

    सरकारले अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन आम सर्वसाधरणलाई आग्रह गरेको छ । त्यसो त काठमाडौंमै कोरोना संक्रमित भेटिएपछि काठमाडौंमा प्रहरीले पनि लकडाउन उल्लंघन गर्नेविरुद्ध कडा कारबाही शुरु गरेको छ ।



    तर, यहि बेला बालुवाटार जग्गा काण्डमा मुछिएका मिन गुरुङद्धारा सञ्चालित भाट भटेनी सुपरस्टोर भने सञ्चालित छ । टोल टोलमा रहेका भित्री साना पसलहरु बन्द गर्न निर्देशन दिने सरकारले भाटभटेनीलाई भने खोल्न अनुमती दिएको छ ।



    अत्यावश्यक दैनिक उपभोग्य सामान बेच्ने भाटभटेनी खोल्नु राम्रो पक्ष हुनसक्ला तर, भाटभटेनीमा सामान किन्न जाने चाहिं को ? प्रश्न गम्भिर छ । घर बाहिर निस्केर पल्लो सटरमा तरकारी किन्न जाँदा पसल बन्द भएको देख्ने हामी भाटभटेनी पुग्ने चाहिं कसरी ?

    कतिपय अवस्थामा अत्यावश्यक काममा हिडेकाहरु पनि प्रहरीको कारबाहीमा परेको हामीले देखेकै हौं । कतै डाक्टरमाथि त कतै औषधी किनेर फर्केकाहरुमाथि पनि प्रहरीका लाठ्ठी बर्सिएका छन् ।

    यसरी औषधी किनेर आउँदा त विना कारण हिड्ने भनेर भोक र प्यास सहेर घाममा उभिएका प्रहरीले माथिको आदेश भन्दै पिटेको अहिलेको अवस्थामा आम सर्वसाधरण सामान किन्न भाटभटेनी चाहिं कसरी पुग्ने ?

    कि त सरकारले ठूलाबढाहरुका लागि भाटभटेनीमा छुट्टै सामान किन्ने व्यवस्था मिलाएको छ ? नभए आम सर्वसाधरणलाई यतिबेला भाटभटेनी भन्दा नजिकैको सानो किराना पसल नै काफी छ ।

    कतै प्रहरी त कतै टोलमा रहेको युवाहरुले दिउसो पसल बन्द गर्न निर्देशन दिंदै हिडेको पनि हामीले देखेका छौं । तर, भाटभटेनीलाई भने त प्रहरीले बन्द गर्न निर्देशन दिन्छ न त स्थानीय युवाहरुले नै । कि भाटभटेनी जस्तो सुपरमार्केटमा कोरोना संक्रमण हुँदैन ?

    मेरो व्यक्तिगत विचारमा त त्यस्ता साना किराना पसल विहान बेलुका भन्दा पनि सकेसम्म धेरै समय खोलेको राम्रो । अनि पो त भिड कम हुन्छ ।

    ठूला व्यपारीहरुको गुनासाका बारेमा सरकारसँग पहलकदमीका लागि प्रयास गर्दै आएको उद्योग बाणिज्य महासंघ यतिबेला साना व्यवसायीहरुको माग सम्बोधनका लागि किन वास्ता गर्दैन ? तारे होटलहरुले कोरोनाका कारण समस्या भयो भनेर सरकारको मुख ताकिरहके बेला साना रेष्टुरेन्ट व्यवसायीहरुको माग कसरी सम्बोधन हुन्छ ?

    काठमाडौंमा रहेका गाउँका मानिसहरुलाई घर फर्कन नदिने सरकारको निर्णय लागु हुँदा यहाँ भोकभोकै बसिरहेकाहरुको पीडा कसले बुझिदिन्छ ? प्रधानमन्त्री केपी शर्मा ओलीले आवतजावत बन्द गर्न निर्देशन दिएसँगै उपत्यकामा अलपत्र परेका त छँदैछन् बीच बाटोमा अलपत्र परेकाहरुको व्यवस्थापनका लागि पनि सरकारले कुनै प्रभावकारी कदम चाल्न सकेको छैन ।

    यस्तो भयावह अवस्थाका बारेमा चाहिं वास्ता नगर्ने अनि टोलटोलका पसल खोलेर समस्याको समाधान गर्नुपर्नेमा सिमित स्थानमा रहेको सुपरस्टोर खोलेर समस्याको समाधान हुन्छ ?

    यस्तो अवस्थामा उद्योग वाणिज्य महासंघ, ट्रेड यूनियन, कर्मचारी यूनियन, मजदुर संघ कता हराएका छन् ? कोरोनाको संकटका बेला नेपालमा भने ‘ठूलालाई चैन सानालाई ऐन’ भन्ने त भएको होइन ?

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार