Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • क्याबिनेट निर्णयपछि विवादित दुई अध्यादेश राष्ट्रपतिबाट जारी

    क्याबिनेट निर्णयपछि विवादित दुई अध्यादेश राष्ट्रपतिबाट जारी

    अनलाइन नेपाल
  • सोमबार, ८ बैशाख २०७७
  • 1.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं । क्याबिनेट निर्णयपछि विवादित दुई अध्यादेशलाई राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेकी छन् ।

    सोमबार दिउँसो बसेको मन्त्रिपरिषद बैठकले दुई अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । राजनीतिक दल सम्बन्धी अध्यादेश र संवैधानिक परिषद सम्बन्धी पहिलो संशोधन अध्यादेश सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि जारी भएकाे हाे।



    संवैधानिक परिषदसम्बन्धी अध्यादेशमा पनि प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ । यस्तै यद्यपि राजनीतिक दल सम्बन्धी संशोधन अध्यादेशलाई लिएर नेकपाभित्रै विवाद उठ्न थालेको छ ।



    उक्त अध्यादेश अनुसार पार्टी केन्द्रीय समिति वा संसदीय दलमध्ये एउटामा ४० प्रतिशत मत पुर्याएमा पार्टी विभाजन गर्न सकिने व्यवस्था गरिएको छ । संवैधानिक परिषदसम्बन्धी अध्यादेशमा प्रमुख प्रतिपक्षी दलका नेताविनै संवैधानिक परिषद बैठक बस्न र निर्णय गर्न सकिने व्यवस्था छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार