Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • भाटभटेनी सुपरमार्केट पनि कालाेबजारीमा लिप्त

    भाटभटेनी सुपरमार्केट पनि कालाेबजारीमा लिप्त

    अनलाइन नेपाल
  • मंगलबार, १६ बैशाख २०७७
  • 6.5K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । दैनिक उपभोग्य सामानमा उल्लेख गरिएभन्दा बढी मूल्य लिएको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भाटभटेनी सुपरमार्केटलाई तीन लाख रुपैयाँ जरिवाना गरेको छ ।

    विभागको टोलीले सोमबार गरेको अनुगमनका क्रममा टङ्गालस्थित भाटभटेनी सुपरमार्केटले उपभोग्य वस्तुमा बजार मुल्यभन्दा बढी मुल्यमा विक्री गरेको आरोप लागेको छ ।



    भाटभटेनीले ‘एमआरपी’ भन्दा बढी मूल्य लिई बिक्री गरेको पाइएको थियो । उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार भाटभटेनीलाई उक्त रकम जरिवाना गरिएको विभागले जनाएको छ । यसैगरी विभागले मूल्य सूची नराखी पसल सञ्चालन गरेको पाइएपछि कपनस्थित एमविटी खाद्य स्टोर्सलाई पनि एक लाख रुपैयाँ जरिवाना गरेको छ ।



    लकडाउनको समयमा सरकारले जनतालाई उपभोग्य वस्तुको खरिदमा सहजीकरण गर्न भाटभटेनीलगायत ठूला पसल सञ्चालन गर्न अनुमति दिएको छ । विपद्को अवस्थामा उपभोक्ता ठगिने भन्दै विभागले लकडाउनको समयमा पनि बजार अनुगमनलाई तीव्रता दिएको छ । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार