Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

विवाहको दबाब दिन १५ वर्षीया किशोरीको अपहरण, २२ घन्टापछि उद्धार

बझाङ । बझाङमा विवाहको दबाब दिन १५ वर्षीया किशोरीको अपहरण गरिएकाे घटना सार्वजनिक भएकाे छ। छबिसपाथीभेरा गाउँपालिकाकी १५ वर्षिया किशोरीको हातखुट्टा र मुख बाँधेर अपहरण भएको हाे। अपहरणकाे करिब २२ घन्टापछि आफन्तले उनकाे उद्धार गरेका हुन्।

छिमेकी दिदी नाता पर्ने गीता धामी र उनका श्रीमान् प्रकाश धामीको योजनामा आफू अपहरणमा परेको पीडितको भनाइ छ। महिनावारी भएको बहाना गरेर घरमा खाना पकाइदिन बोलाएकी गीताले श्रीमान् र अरुको सहयोगमा अपहरण गराएकी थिइन्। उनीहरुले काकाको छोरा सागर धामीसँग विवाह गर्ने योजना बनाएको किशोरीले बताइन्।

‘घर नजिकै भएकाले पहिला पनि साह्रोगाह्रो पर्दा सघाउन जान्थेँ। त्यो दिन गीताले 'म छाउ भएकी छु, खाना पकाउन आइदेऊ' भनिन्,’ पीडित किशोरीले सुनाइन्, 'त्यस्तो गर्लान् भन्ने थाहा भए जाने थिइनँ।’

उनी स्थानीय विद्यालयमा कक्षा ९ मा पढ्छिन्। गीताले पहिले आफ्ना देवरसँग विवाह गर्न फकाउने गरेको किशीको भनाइ छ। ‘जिस्केर भनेकी हुन् जस्तो लाग्थ्यो। मैले विवाह गर्ने बेला भएको छैन, यस्तो कुरा नगर्नुस् भनेर टार्ने गरेकी थिएँ,’ उनले भनिन्।

हाल उनी महिला सुरक्षित आवासगृहको आश्रयमा बसिरहेकी छन् भने अपहरणमा संलग्न भनिएका ७ जना फरार रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077