Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • राप्रपाका युवा नेता कार्कीद्वारा स्याङ्जामा १८० थान किट सहयोग

    राप्रपाका युवा नेता कार्कीद्वारा स्याङ्जामा १८० थान किट सहयोग

    अनलाइन नेपाल
  • मंगलबार, २३ बैशाख २०७७
  • 2.1K
    SHARES

    स्याङ्जा।  राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका केन्द्रिय सचिव हिकमतजंग कार्कीले पुतलीबजार नगरपालिका–५ का  विभिन्न स्थानमा १८० थान किट सहयोग गरेका छन्।

    कार्कीले प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङलाई जिल्लाको आवश्यकतानुसार काम गर्नको लागि ८० थान आरटिडी किट हस्तान्तरण गरेका हुन।  यसैगरी पुतलीबजार नगरपालिकालाई ४० थान, फेदीखोला गाउँपालिका लाई ४० थान र आधीखोला गाउँपालिकालाई २० थान किट सहयोग गरेको बताएका छन् ।



    उनले व्यक्तिगत रुपमा नै किट सहयोग गरेको वताएका छन् । कार्कीले उपलब्ध गराएको किट नगरपालिकाका पूर्व मेयर लालचन ग़ैरेगायतले ले



    ‘कोरोना परिक्षणको लागि अहिले जताततै किट अभाव छ । गृहजिल्ला स्याङ्जामा पनि किट अभाव भएपछि यसमा पर्न सक्ने असरलाई मध्यनजर गर्दै केही मात्रामा सहयोग गरेको हुँं । ‘उनले भने।

    उनले आफ्नो साथी डाक्टर र औसधी व्यवसायी भएकाले किट प्राप्त गर्न सकेकाले सहयोग गरेको बताए ।
    प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले अभाव रहेको -यापिड किट सहयोग आउनु निकै महत्वपूर्ण रहेको बताए ।

    उनले उक्त किटलाई आवश्यकता अनुसार प्रत्येक स्थानीय तहमा वितरण गरेर काम गर्ने योजना बनाएको बताए ।

    यसैगरी पुतलीबजार नगरप्रमुख सीमा क्षेत्री, फेदीखोला गाउँपालिका प्रमुख घनश्याम सुवेदी र आधीखोला गाउँपालिका प्रमुख सुधीर पौडेलले अभावका बेला किट सहयोग हुनु नै ठूलो सहयोग रहेको भन्दै खुशी व्यक्त गरेका छन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार