Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • २४ घण्टामा २ सय १० जनाको मात्रै पीसीआर विधिबाट कोरोना परीक्षण

    २४ घण्टामा २ सय १० जनाको मात्रै पीसीआर विधिबाट कोरोना परीक्षण

    अनलाइन नेपाल
  • मंगलबार, २३ बैशाख २०७७
  • 1.8K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा २ सय १० जनाको मात्र पीसीआर विधिबाट कोरोना परीक्षण गरिएकाे छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार हालसम्म पीसीआर विधिबाट १३ हजार ८ सय ५० जनाको कोरोना परीक्षण भएको छ ।

    पछिल्लो समय पीसीआर विधिबाट हुने परीक्षणका लागि आवश्यक पर्ने किटको अभाव भएपछि केही ठाउँमा परीक्षण नै रोकिएको छ । जसका कारण परीक्षण दर कम हुन पुगेको छ ।



    उनका अनुसार हाल नेपालमा ८२ जना कोरोना संक्रमित रहेका छन् । ती मध्ये ६१ जना पुरुष र २१ जना महिला छन् । प्रदेश १ मा ३१, प्रदेश २ मा १३, वागमती प्रदेशमा ७, गण्डकी प्रदेशमा २, प्रदेश नम्बर ५ मा २४ र सुदुरपश्चिम प्रदेशमा ५ जनामा कोरोना संक्रमण देखिएको छ ।



    प्रवक्ता देवकोटाले ८२ जना कोरोना संक्रमित मध्ये रुपन्देहीमा १ जना, नेपालगञ्जमा २३ जना, धनगढीमा १ जना, भरतपुरमा १ जना, वीरगञ्जमा ९ जना र विराटनगरमा ३१ जना गरी ६५ जनाको आइसोलेसनमा उपचार भइरहेको बताए। विभिन्न अस्पतालमा उपचारत ६५ जना कोरोना संक्रमितको स्वास्थ्य अवस्था भने सामान्य रहेको प्रवक्ता देवकोटाले बताए ।

    पीसीआर विधिबाट गरिएको परीक्षणको नतिजाको आधारमा स्वास्थ्य मन्त्रालयले उनीहरुमा संक्रमण भएको एकिन गरेको हो । प्रवक्ता देवकोटाका अनुसार र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट हालसम्म ५२ हजार २ सय २७ वटा नमूना परीक्षण भएको छ । यस्तै गत २४ घण्टामा आरडीटी विधिबाट १ हजार ५ सय ८२ जनाको कोरोना परीक्षण गरेकाे प्रवक्ता देवकोटाले बताए ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार