Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • वीरगन्जमा निको भएका २ जनाको पीसीआर रिपोर्ट पोजिटिभ

    वीरगन्जमा निको भएका २ जनाको पीसीआर रिपोर्ट पोजिटिभ

    अनलाइन नेपाल
  • बुधबार, २४ बैशाख २०७७
  • 2.3K
    SHARES

    काठमाडौँ । वीरगन्जमा निको भएका २ जनाको पीसीआर रिपोर्ट पोजिटिभ देखिएकाे छ। नारायणी अस्पताल वीरगन्जबाट कोभिड–१९ निको भएर गएका ती दुई जनाकाे पीसीआर परीक्षणमा पोजिटिभ देखिएपछि अस्पतालमा पुन: भर्ना गरिएको छ ।

    अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. मदनकुमार उपाध्यायका अनुसार वैशाख ८, १० र १२ गते गरिएको पीसीआर परीक्षणमा तीनैचोटि नेगेटिभ आएपछि ४ जनालाई १४ गते डिस्चार्ज गरिएको थियो । उनीहरू सबैसँग निरन्तर फोन गरेर अस्पतालले स्वास्थ्यसम्बन्धी जानकारी लिइरहेको थियो ।



    ५ दिनपछि फलोअपमा बोलाएर रगत र घाँटीको र्‍यालको नमुना लिइएको थियो । शनिबार आएको पीसीआर परीक्षणको रिपोर्टमा दुई जनामा पोजिटिभ देखिएको हो । उनीहरूलाई अस्पतालको आइसोलेसनमा राखिएको छ ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार