Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • सनसिटीमा काेराेना पोजिटिभ देखिएका व्यक्तिलाई पाटन अस्पतालले बाेलायाे

    सनसिटीमा काेराेना पोजिटिभ देखिएका व्यक्तिलाई पाटन अस्पतालले बाेलायाे

    अनलाइन नेपाल
  • बुधबार, २४ बैशाख २०७७
  • 2.3K
    SHARES

    काठमाडौं। काठमाडौंको सनसिटीमा कोभिड–१९ पोजिटिभ देखिएका एक व्यक्तिलाई पाटन अस्पतालले फलोअपका लागि बुधबार बोलाएको छ ।

    अस्पतालले ती व्यक्तिको र्‍यालको नमुना लिएर बुधबार पीसीआर परीक्षण गर्ने भएको छ । कोभिड–१९ का बिरामीलाई अस्पतालबाट डिस्चार्ज गर्नुअघि पीसीआर मात्र नभई एन्टिबडीसमेत परीक्षण गर्नुपर्ने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका भाइरोलोजिस्ट डा. श्रवणकुमार मिश्रले बताए ।



    उनका अनुसार पीसीआरले बिरामीमा भाइरसको संक्रमण रहेको वा नरहेको देखाउँछ भने एन्टिबडी जाँचबाट बिरामीमा कोभिड–१९ विरुद्घको प्रतिरक्षा आए/नआएको यकिन गर्न सकिन्छ ।



    बिरामीलाई डिस्चार्ज गर्दा पीसीआरबाट नेगेटिभ देखाए पनि एन्टिबडी नबनेको अवस्थामा पुन: संक्रमण हुने खतरा रहन्छ । पीसीआर नेगेटिभ तर कोभिड–१९ विरुद्ध एन्टिबडी पोजिटिभ देखाउँदा सामान्यतया पुन: संक्रमण हुने जोखिम रहँदैन ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार