Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कोरोना संक्रमितकाे सम्पर्कमा आएका १४ जनाको रिपोर्ट यस्ताे आयाे

    कोरोना संक्रमितकाे सम्पर्कमा आएका १४ जनाको रिपोर्ट यस्ताे आयाे

    अनलाइन नेपाल
  • बुधबार, २४ बैशाख २०७७
  • 1.4K
    SHARES

    बुटवल । रूपन्देहीमा कोरोना संक्रमितकाे सम्पर्कमा आएका १४ जनाको रिपोर्ट नेगेटिभ आएको छ । कोटहीमाई–१ का कोरोना संक्रमित युवकसँग सम्पर्कमा आएपछि उनीहरूकाे परीक्षण गर्दा रिपाेर्ट नेगेटिभ आएको हाे

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा मंगलबार पठाइएको १४ जनाकै रिपोर्ट नेगेटिभ आएको प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवाका निमित्त प्रमुख डा. राजेन्द्र गिरीले जानकारी दिए।



    संक्रमित युवकसँग सम्पर्क भएका उनको ससुरालीका परिवार र उनले खाना खाएको ठाउँका मानिसहरूमा परीक्षण गरिएकाे थियाे।



    भारतको नयाँ दिल्लीबाट लकडाउनकै अवधिमा ट्रक र पैदल यात्रा गर्दै मर्चवारको ठोठरी नाका हुँदै बैशाख ५ गते घर आएका २५ वर्षीय युवकमा कोरोना संक्रमण देखिएको थियो । ती युवकलाई बुटवलको धागो कारखानामा बनाइएको कोरोना विशेष अस्थायी अस्पतालको आइसोलेसनमा राखिएको छ । यसअघि उनका दाजु र परिवारका दश जनामा गरिएको परीक्षण रिपोर्ट पनि नेगेटिभ आएको थियो ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार