Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • एकैदिन १७ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ९९ पुग्यो

    एकैदिन १७ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ९९ पुग्यो

    अनलाइन नेपाल
  • बुधबार, २४ बैशाख २०७७
  • 2.1K
    SHARES

    काठमाडौं । वीरगञ्जमा एकैदिन १७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। बुधबार प्रयोगशाला परीक्षण गर्दा १७ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएपछि नेपालमा संक्रमितकाे संख्या ९९ सय पुगेकाे छ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाकाले यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको बताए। यीमध्ये २२ जना उपचारपछि निको भएका छन्। वीरगञ्जमा आज बुधबार थपिएका १७ जनालाई उपचारका लागि नारायणी अस्पतालमा ल्याइएको छ। उनीहरुको अवस्था सामान्य रहेको डा देवकोटाले जानकारी दिए।



    डा देवकोटाका अनुसार आज फेला परेका १७ जना संक्रमितमा २ महिनाको बच्चादेखि ६६ वर्षसम्म रहेका छन्। उनीहरु सबै पर्सा जिल्लाका हुन्। आज थपिएका १७ जनामा ७ जना महिला र १० जना पुरुष हुन्।



    प्रवक्ता देवकोटाका अनुसार अहिलेसम्म पिसीआर विधिबाट १४ हजार ९६ नमुना परीक्षण भएका छन् भने आरडीटी विधिबाट ५२ हजार ९ सय ७० जनामा कोरोना परीक्षण भएको छ । प्रवक्ता देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा ९ सय ९१ नमुना परीक्षण भएका छन् ।

    अहिलेसम्म क्वारेन्टाइन १९ हजार सात सय ३४ जनाको उपचार भइराखेको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार