Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • नेपालमा पहिलो पटक दुई महिने शिशुमा काेराेना संक्रमण

    नेपालमा पहिलो पटक दुई महिने शिशुमा काेराेना संक्रमण

    अनलाइन नेपाल
  • बुधबार, २४ बैशाख २०७७
  • 1.8K
    SHARES

    काठमाडाैँ। नेपालमा पहिलो पटक दुई महिने शिशुमासमेत कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका दुई महिने बच्चामा कोरोना संक्रमण पुष्टि भएको हो।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बुधबार पर्साका दुई महिनादेखि ६६ वर्षसम्मका गरेर १७ जनामा कोरोना पुष्टि भएको हो। यसअघि नेपालगञ्जमा ७ वर्षीय बालिकामा कोरोना संक्रमण भएको थियो।



    नेपालमा सबैभन्दा बढी ८१ वर्षीय वृद्धामा संक्रमण देखिएको थियो। काठमाडौंको सनसिटी अर्पाटमेन्टमा बस्ने ती वृद्धा निको भएर घर गइसकेकी छिन्। नेपालमा कोरोना संक्रमण हुनेको संख्या ९९ पुगेको छ।



    प्रवक्ता देवकोटाका अनुसार अहिलेसम्म पिसीआर विधिबाट १४ हजार ९६ नमुना परीक्षण भएका छन् भने आरडीटी विधिबाट ५२ हजार ९ सय ७० जनामा कोरोना परीक्षण भएको छ । प्रवक्ता देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा ९ सय ९१ नमुना परीक्षण भएका छन् । अहिलेसम्म क्वारेन्टाइन १९ हजार सात सय ३४ जनाको उपचार भइराखेको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार