Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • काेराेनाकाे कहर: कपिलवस्तुलाई जेठ ५ गतेसम्म सिल गर्ने निर्णय

    काेराेनाकाे कहर: कपिलवस्तुलाई जेठ ५ गतेसम्म सिल गर्ने निर्णय

    अनलाइन नेपाल
  • सोमबार, २९ बैशाख २०७७
  • 2.3K
    SHARES

    कपिलवस्तु । कपिलवस्तुमा कोरोना भाइरसका संक्रमितहरु बढ्दै गएपछि जिल्लालाई सिल गर्ने निर्णय गरिएको छ । सोमबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले यस्ताे निर्णय गरेकाे हाे।

    सोमबार साँझ ५ बजेदेखि लागू हुने गरी जेठ ५ गतेसम्मका लागि सिल गर्ने निर्णय गरिएकाे जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी (सीडीओ) दीर्घनारायण पौडेलले जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी (सीडीओ) दीर्घनारायण पौडेलले जानकारी दिए ।



    उनका अनुसार यस अवधिमा अत्यावश्यक सेवाका सवारी साधनबाहेक सबै प्रकारका सवारी सञ्चालनमा रोक लगाइएको छ ।



    यस्तै, सर्वसाधारणले अत्यावश्यक कामका लागि घर बाहिर निस्किनु परे नजिकको प्रहरी कार्यालय वा प्रहरीको हटलाइन नम्बर (१००)मा फोन गरेर बाहिर निस्किनका लागि अनुमति लिन सक्नेछन् । अनुमति नलिइ बाहिर निस्किएको पाइए सर्वसाधारणलाई पनि नियन्त्रणमा लिएर कारबाही अगाडि बढाइने पौडेलले जानकारी दिए । कपिलवस्तुमा हालसम्म १५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार