Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • कपिलवस्तुमा स्वास्थ्यकर्मीलाई पनि कोरोना संक्रमण

    कपिलवस्तुमा स्वास्थ्यकर्मीलाई पनि कोरोना संक्रमण

    अनलाइन नेपाल
  • मंगलबार, ३० बैशाख २०७७
  • 2.4K
    SHARES

    कपिलवस्तु । तौलिहवा अस्पतालमा कार्यरत एक २५ बर्षीया नर्समा कोरोना संक्रमण देखिएको छ । पर्याप्त सावधानी नअपनाउँदा कपिलवस्तुमा अब समुदायस्तरमै कोरोना संक्रमण फैलिएको छ । भारतबाट आएकाहरुमा देखिएको संक्रमण अब स्थानीयस्तरमै फैलिएको हो ।

    प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता तथा वरिष्ठ जनस्वास्थ्य अधिकृत रोशनलाल चौधरीले कपिलवस्तुमा मंगलवार संक्रमण पुष्टि भएका ९ जनामध्ये ८ जना कपिलवस्तु नगरपालिकाका क्वारेन्टाइनमा रहेका र १ जना जिल्लाको तौलिहवा अस्पतालमा काम गर्ने नर्समा कोरोना देखिएको बताए । ‘८ जना क्वारेन्टाइनमा रहेका र १ जना अस्पतालमा काम गर्ने सिस्टर रहेको जानकारीमा आएको छ,’ उनले भने । अस्पतालकी नर्समा कोरोना संक्रमण भएको नेपालमा पहिलो पटक हो ।



    कपिलवस्तु नगरपालिकाभित्र क्वारेन्टाइनमा बसेकाहरुको थ्रोट स्वाब संकलन गर्ने क्रममा तौलिहवा अस्पतालकी स्वास्थ्यकर्मीलाई पनि कोरोना पुष्टि भएको हो ।



    संक्रमित स्वास्थ्यकर्मी क्वारेन्टाइनमा नबसी आफ्नै घरमा जाने गरेकी थिइन् । उनी कार्यरत तौलिहवा अस्पतालमा स्थायी र करार गरी ६७ जना स्वास्थ्यकर्मीहरु काम गरिरहेका छन् । संक्रमित स्वास्थ्यकर्मीसहित अरुको स्वाब संकलन गरिए पनि उनीहरुलाई क्वारेन्टाइन राखिएको थिएन ।

    स्वास्थ्य मन्त्रालयले मंगलबार सार्वजनिक गरेको विवरणमा कपिलवस्तुमा ८ जना संक्रमित थपिएका छन् । ती सबै कपिलवस्तु नगरपालिकाका बासिन्दा हुन् । जसमध्ये एकजना तौलिहवा अस्पतालमा कार्यरत महिला स्वास्थ्यकर्मी रहेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार