Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • कहाँबाट आएका थिए लुम्बनीका नयाँ काेराेना संक्रमित?

    कहाँबाट आएका थिए लुम्बनीका नयाँ काेराेना संक्रमित?

    अनलाइन नेपाल
  • मंगलबार, ३० बैशाख २०७७
  • 2.6K
    SHARES

    बुटवल । मंगलबार कोरोना संक्रमण पुष्टि भएका रुपन्देहीका नौ जना लुम्बिनी सांस्कृतिक नगरपालिकाका बासिन्दा भएको खुलेको छ । उनीहरू लकडाउनको समयमा भारतको मुम्बई र कानपुरबाट नेपाल–भारत सीमा क्षेत्र दशगजासम्म आइपुगेका थिए ।

    संक्रमितहरूमध्ये वडा नंं ११ का ३ जना, वडा नंं १२ का २ जना, वडा नंं. ७ का २ जना, वडा नंं. ५ का १ जना र वडा नंं ४ का १ जना छन् । उनीहरू १७ देखि ५० वर्ष उमेरका पुरुष हुन् । दशगजा क्षेत्रबाट उनीहरू सुरक्षाकर्मीको आँखा छलेर आठ दिनअघि लुकिछिपी नेपाल प्रवेश गरेका थिए । उनीहरूलाई लुम्बिनीस्थित श्रीलंकन गेस्ट हाउसमा बनाइएको क्वारेन्टाइनमा राखिएको नगर प्रमुख मनमोहन चौधरीले बताए ।



    वडा नंं. ४ का एकजना क्वारेन्टाइनमा नगई घर बसेका थिए । भोलिपल्ट मात्रै उनलाई क्वारेन्टाइनमा ल्याइएको थियो । अन्यको कन्ट्याक्ट ट्रेसिङ पत्ता लगाउने प्रक्रिया सुरु भइसकेको छ ।



    नगरपालिकाका क्वारेन्टाइनमा रहेका एक सय २८ जनामध्ये ६२ जनाको परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्थायी अस्पतालको आइसोलेसनमा लैजाने तयारी भइरहेको नगर प्रमुख चौधरीले बताए ।

    यसअघि सोमबार लुम्बिनी सांस्कृतिक नगरपालिकाकै वडा नंं. १ र ४ का एक–एकजनामा कोरोना संक्रमण देखिएको थियो । दुवै लुम्बिनी बौद्ध विश्वविद्यालयको छात्रावासको क्वारेन्टाइनमा थिए। यस्तै कोटहीमाई गाउँपालिका १ का २५ वर्षीय युवक र सम्मरीमाई गाउँपालिकाका चार जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । मंगलबार थपिएका संक्रमितसँँगै रुपन्देही जिल्लामा कोरोना संक्रमितको संख्या १६ जना पुगेको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार