Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • थप २६ जनामा काेराेना संक्रमण पुष्टि, संक्रमितकाे संख्या २ सय १७ पुग्याे

    थप २६ जनामा काेराेना संक्रमण पुष्टि, संक्रमितकाे संख्या २ सय १७ पुग्याे

    अनलाइन नेपाल
  • मंगलबार, ३० बैशाख २०७७
  • 2K
    SHARES

    काठमाडौं । नेपालमा मंगलबार थप २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाे छ। मंगलबार दिउसो ५७ जनामा संक्रमण देखिएको थियो। साँझ थपिएका २६ जनासहित एकैदिन ८३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या २ सय १७ पुगेको छ। काठमाडौं, भक्तपुर सहितको जिल्लामा संक्रमित भेटिएका छन्।



    मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार पर्सामा २२ देखि ६० वर्षका ६ जना महिला र १६ देखि ६१ वर्षका १२ जना पुरुषमा काेराेना संक्रमण देखिएकाे छ।



    त्यस्तै महोत्तरीका १६ र ३५ वर्षका २ पुरुष, धनुषाका २० वर्षकी एक महिला र ४० वर्षका पुरुषमा काेराेना संक्रमण देखिएकाे हाे।

    त्यसैगरी भक्तपुरकी २५ वर्षीय एक महिला र २७ वर्षीय पुरुष र काठमाडौंकी ३३ वर्षीय महिला तथा सर्लाहीकी ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो।

     

     

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार