Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • नेपालमा पहिलाे पटक सुरक्षाकर्मीमा देखियाे काेराेना संक्रमण

    नेपालमा पहिलाे पटक सुरक्षाकर्मीमा देखियाे काेराेना संक्रमण

    अनलाइन नेपाल
  • बुधबार, ३१ बैशाख २०७७
  • 2.8K
    SHARES

    काठमाडाैँ । नेपालमा पहिलाे पटक सुरक्षाकर्मीमा काेराेना भाइरसकाे संक्रमण देखिएकाे छ। भक्तपुरमा कोरोना भाइरस संक्रमण देखिएका पुरुष सशस्त्र प्रहरी रहेका खुलेको छ।

    २७ वर्षीय सशस्त्र प्रहरी भक्तपुरको चाँगुनारायण नगरपालिका १ सरस्वतीखेलस्थित सशस्त्र प्रहरीको नीलबाराही गणमा कार्यरत रहेको बुझिएको छ।



    पुरुष भक्तपुरको दुवाकोटस्थित सशस्त्र प्रहरीको नीलबाराही गणमा कार्यरत रहेकाले उनका बारेमा पूरा विवरण दिइएको छैन।



    भक्तपुरको जिल्ला प्रशासन कार्यालय र प्रहरी परिसरले उनको विवरणसमेत सार्वजनिक गरेका छैनन्।

    रामेछाप स्थायी घर भएका उनी कार्यालय समयमा मात्रै गणमा जाने र अरु बेला चाँगुनारायण नगरपालिका- १ दुवाकोटमा बनाएको घरमा बस्ने गर्दै आएको बुझिएको छ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार