Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • धनुषामा थप दुई जनामा कोरोना पुष्टि

    धनुषामा थप दुई जनामा कोरोना पुष्टि

    अनलाइन नेपाल
  • बुधबार, ३१ बैशाख २०७७
  • 1.9K
    SHARES

    बैशाख । धनुषामा थप दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले ४० वर्षीय पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

    ४० वर्षीय पत्रकारसँगै जनकपुरधामका एक जना पुस्तक व्यवसायी पनि संक्रमित भेटिएका छन् । ती दुवै जनालाई प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना गरिएको प्रजिअ निरौलाले बताए ।



    ती पत्रकार मुटुको बिरामी हुन् । उनले आफू जनकपुरभन्दा बाहिर कतै नगएको बताए । उनले आफू कार्यरत संन्चार संस्थाको कार्यालय र पत्रकार महासंघको कार्यालयमात्र आउ-जाउ गर्ने गरेको बताए ।



    यसअघि मंगलबार वीरगञ्जका दुई जना पत्रकारलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो । वीरगञ्जका दुवै पत्रकारको नारायणी अस्पतालमा उपचार भइरहेको छ । प्रदेश–२ मा कोरोना संक्रमणको हटस्पट बनेको छ । प्रदेश–२ का पर्सा, बारा, धनुषा, रौतहट, महोत्तरी, सप्तरी र सर्लाहीमा कोरोना संक्रमित फेला परिसकेका छन् ।

    धनुषामा थप दुई जना पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१९ पुगेको छ । यस्तै ३४ जना निको भएर घर फर्किएका छन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार