Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • काेराेना अपडेट: देशभर २ सय ४५ जना आइसोलेसनमा उपचाररत

    काेराेना अपडेट: देशभर २ सय ४५ जना आइसोलेसनमा उपचाररत

    अनलाइन नेपाल
  • बुधबार, ३१ बैशाख २०७७
  • 2.5K
    SHARES

    काठमाडौं- देशभर २ सय ४५ जना आइसोलेसनमा भर्ना भएका छन्। कोरोना भाइरसको आशंका र संक्रमित गरी २ सय ४५ जना अस्पतालको आइसोलेसनमा भर्ना भई उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बताए। जसमध्ये ६ जना काठमाडौं उपत्यकामा छन्।

    मुलुकभर हाल १४ हजार ३ सय १३ जनालाई क्वारेन्टाइनमा राखिएको मन्त्रालयले जनाएको छ। नेपालमा कोरोनाको आशंकामा हालसम्म ८१ हजार ६ सय ५९ जनाको कोरोना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा २ हजार ३ सय ५७ जनाको पिसिआरबाट नमूना परीक्षण भएको छ। २१ हजार ३ सय ४० जनाको पिसिआर र ६० हजार ३ सय १९ जनाको आरडिटिबाट परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताए।



    कुल संक्रमित २ सय १९ मध्ये हालसम्म ३५ जना उपचारपछि डिस्जार्च भएका छन्। संक्रमितमध्ये १ सय ७६ पुरुष र ४३ जना महिला छन्। संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार