Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • कोरोना संक्रमित सुरक्षाकर्मीकाे संख्या ५ पुग्याे

    कोरोना संक्रमित सुरक्षाकर्मीकाे संख्या ५ पुग्याे

    अनलाइन नेपाल
  • बुधबार, ३१ बैशाख २०७७
  • 2.6K
    SHARES

    काठमाडौं । नेपालमा काेराेना भाइरस संक्रमित सुरक्षाकर्मीकाे संख्या ५ पुगेकाे छ। कपिलवस्तुमा भेटिएका ८ जना कोरोना संक्रमित मध्ये थप चार जना सुरक्षाकर्मीमा काेराेना संकेमणकाे पुष्टि भएपछि संक्रमित सुरक्षाकर्मीकाे संख्या ५ पुगेकाे हाे ।

    कपिलवस्तुमा भेटिएका चारमध्ये दुई जना नेपाल प्रहरीका सई र हवल्दार छन् भने एक जना सशस्त्र प्रहरी बलका सई र अर्का एक जना राष्ट्रिय अनुसन्धान विभागका असई छन् । उनीहरु कपिलवस्तुमा यसअघि भेटिएका कोरोना संक्रमितको सम्पर्कमा रहेको स्रोतको भनाइ छ ।



    त्यस्तै अाजै पूर्व गृहमन्त्री एवं नेकपाका नेता भीम रावलको घरमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीका जवानलाई कोरोना संक्रमण भएको पुष्टि भएको थियाे । ती २७ वर्षीय जवानको स्थायी घर रामेछाप भएको र उनी भक्तपुर दुवाकोटामा स्थायी अस्थायीरुपमा बस्दै आएको बताइएको छ । ती जवान सशस्त्र प्रहरी बलको नीलबाराही गणमा कार्यरत रहेको र उनको टेकु अस्पतालमा अहिले उपचार भइरहेको छ । योसँगै कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ । चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय सार्क मुलुकमा पनि तीव्र देखिएको हो ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार