Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • ट्रम्पको चेतावनी: चीनसँगको सबै सम्बन्ध तोडिन्छ

    ट्रम्पको चेतावनी: चीनसँगको सबै सम्बन्ध तोडिन्छ

    अनलाइन नेपाल
  • शुक्रबार, २ जेष्ठ २०७७
  • 1.9K
    SHARES

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँगको सबै सम्बन्ध तोड्ने चेतावनी दिएका छन् । उनले कोरोना भाइरस (कोभिड–१९) को महामारीमा चीनले चालेको कदमको आलोचना गरेका हुन् । एक अन्तर्वार्तामा उनले आफूले चीनसँगको सबै सम्बन्ध तोड्न सक्ने बताएका हुन् ।

    ट्रम्पले चीनसँगको सबै सम्बन्ध तोड्दा अमेरिकाको पाँच खर्ब डलर बच्ने बताए । ट्रम्पले दुई मुलुकको बीचमा हुने गरेको व्यापारलाई इंगित गरेका हुन् । चीनसँग अमेरिकाको वार्षिक खर्बौं डलरको व्यापार घाटा हुने गरेको छ ।



    पछिल्लो केही समययता अमेरिकाले चीनसँग कोरोना भाइरसको क्षतिपूर्ति दिनुपर्ने बताउँदै आएको छ । चीनमाथि अमेरिकाले कोरोना भाइरसको महामारीको शुरुवाती जानकारी लुकाएको आरोप लगाउँदै आएको छ ।



    यद्यपि चीनले भने अमेरिकाको सबै आरोप अस्वीकार गर्दै आएको छ । पछिल्लो समय ट्रम्पले निरन्तर चीनको विरोध गर्दै आउनुलाई आगामी नोभेम्बरमा हुन गइरहेको राष्ट्रपतीय निर्वाचनको एक रणनीतिको रुपमा लिइएको छ । स्रोत : बीबीसी

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार