Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • चीनमा फेरि देखियो कोरोनाको संक्रमण, नयाँ संक्रमित थपिदै

    चीनमा फेरि देखियो कोरोनाको संक्रमण, नयाँ संक्रमित थपिदै

    अनलाइन नेपाल
  • आइतबार, ४ जेष्ठ २०७७
  • 2.3K
    SHARES

    काठमाडौं – कोरोना भाइरसको महामारी अन्त्य भएको घोषणा भएकाे एक महिना नबित्दै फेरि चीनमा संक्रमण देखिन थालेको छ । वुहानमा गत अप्रिल ३ तारिखयता यही २५ अप्रिलमा १४ जनामा संक्रमण देखिएकोमा शनिवार फेरि ८ जना नयाँ संक्रमित देखिएका छन् ।

    योसँगै त्यहाँ संक्रमित हुनेको कुल संख्या ८२ हजार ९४१ पुगेको छ । यसअघि शुक्रबार पनि त्यहाँ ४ जनामा संक्रमण देखिएको थियो । चीनमा अहिलेसम्म ७८ हजार २१९ जना संक्रमण मुक्त भएका छन् भने ८९ जना संक्रमितको उपचार भइरहेको छ ।



    चीनमा ४ हजार ६३३ जनाको कोरोना भाइरसको संक्रमणकै कारण मृत्यु भएको छ। अप्रिल महिना यता नयाँ संक्रमित देखिएपछि चीनले वुहानका सबै बासिन्दाको कोरोना भाइरसको परीक्षण गरिरहेको छ । कोरोना भाइरसको उद्भव मानिएको चीनको वुहानमा गत वर्षको डिसेम्बर ३१ देखि संक्रमण फैलिएको थियो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार