Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • काेराेनाकाे कहर: थुनुवामा देखियाे कोरोना संक्रमण, प्रहरी कार्यालय ‘सिल’

    काेराेनाकाे कहर: थुनुवामा देखियाे कोरोना संक्रमण, प्रहरी कार्यालय ‘सिल’

    अनलाइन नेपाल
  • शुक्रबार, ९ जेष्ठ २०७७
  • 3.1K
    SHARES

    बैतडी । तराइका जिल्ला काेराेनाकाे संक्रमण बढेसँगै पहाडमा पनि काेराेना संक्रमित भेटिन थालेका छन्। पहाडी जिल्ला बैतडी जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका २२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । शिवनाथ गाउँपालिका २ का ती पुरुष गत चैत ६ गते भारतको नयाँ दिल्ली गुडगाउँबाट स्वदेश आएका बताइएको छ ।

    ती युवकको धनगढीमा थ्रोट स्वाब परीक्षणपछि कोरोना संक्रमण पुष्टि भएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीले जानकारी दिए ।



    कर्तव्य ज्यान मुद्दामा प्रहरी हिरासतमा रहेका युवकमा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रहरी कार्यालय सिल गरिएको छ प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले
    बताए।



    जिल्लाका एक युवकमा कोरोना संक्रमण पुष्टि भएपछि कन्टयाक्ट ट्रेसिङ गरेर स्वाब संकलनको तयारी भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए ।

    शिवनाथ गाउँपालिका ४ की १९ वर्षीया किशोरी गीता महरको मृत्यु प्रकरणमा पक्राउ परेका पुरूषमा कोरोना पुष्टि भएको हो । गीताको शव गत वैशाख १४ गते खोलाको किनारमा फेला परेपछि उनका आफन्तले दिएको जाहेरीका आधारमा ती युवकलाई प्रहरीले पक्राउ गरेको थियो ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार